गठबन्धन सरकारलाई देशको चिन्ता छैन : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन सरकारले देशलाई ओरालो यात्रामा पुर्याएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले बुधबार पार्टी केन्द्रीय सचिवालयको बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले वर्तमान सरकारलाई देशको चिन्ता नभएको भन्दै देशलाई गठबन्धनले ओरालो यात्रामा पुर्याएको बताएका हुन् ।
उनले भने, ‘यो पाँच दलीय गठबन्धनले देशलाई ओरालो लगाएको छ अहिले । विनाशतर्फ धकेलेको छ । आर्थिक अराजकता, अनियमितता र बेथितितर्फ धकेलेको छ ।’ जनताप्रति सरकार र गठबन्धन अनुत्तरदायी बन्दै शिक्षा, स्वास्थ्य र आर्थिक अवस्था समेत भद्रगोल बनाएको उनको भनाई छ ।
