समाचार
मकवानपुरमा एक जना कोरोना संक्रमितको मृत्यु
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ निवासी ७२ वर्षीय बृद्ध रहेका छन् । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यससंगै कोरोनाका कारण मृत्यु हुनेको संख्या मकवानपुरमा १ सय ७१ पुगेको छ...
दूधको मुल्य वृद्धि गर्ने सरकारको निर्णय
मकवानपुर । सरकारले दूधको मुल्य वृद्धि गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य साढे ६ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो । सरकारले यसअघि प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा रहेको कच्चा दूधको समर्थन मूल्यमा ६ रुपैयाँ ५२ पैसा वृद्धि गर्ने निर्णय गरेको हो...
स्थानीय तहको निर्वाचनमा १२ अर्ब खर्च लाग्ने आयोगको अनुमान
काठमाडौँ । आगामी जेठ ४ गते प्रस्ताव गरिएको स्थानी तहको निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च लाग्ने निर्वाचन आयोगले अनुमान गरेको छ । आयोगका पदाधिकारीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचनको मितिबारे परामर्श दिँदै अनुमानित खर्चबारे पनि जानकारी गराएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ८ अर्ब रुपैयाँ भन्दा...
अब बस्ने मन्त्रिपरिषद् बैठकले जेठ ४ गतेलाई स्थानीय तहको निर्वाचनको मिति तोक्ने
काठमाडौँ । सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गते एकै चरणमा निर्वाचन गर्ने गरी मिति तोक्ने जानकारी गराएका छन् । निर्वाचन आयोगका पदाधिकारीहरुसंग भएको छलफलका क्रममा प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट जेठ ४ गते तीनै तहको निर्वाचन गर्ने गरी मिति तय गरिने जानकारी गराएका हुन् । सोही...
देशभर ५५८३ कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु
काठमाडौं । नेपालमा थप ५ हजार ५८३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...
नेता सापकोटाद्वारा हेटौंडाका विद्यार्थीलाई छात्रवृत्ति रकम हस्तान्तरण
मकवानपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी योग्यराज सापकोटाले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ स्थित प्रगति उच्च माविमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति रकम हस्तान्तरण गरेका छन् । नेता सापकोटाले उक्त विद्यालयमा अध्ययनरत् गरिब, असहाय, अनाथ बालबालिकाका लागि ५२ हजार रुपैयाँ छात्रवृत्ति रकम हस्तान्तरण गरेका हुन् । उनले एक कार्यक्रमबीच...
रोट्र्याक्ट क्लब अफ मकवानपुरको आयोजनामा रक्तदान कार्यक्रम
मकवानपुर । रोट्र्याक्ट क्लब अफ मकवानपुरले मंगलबार हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । क्लबले रक्तसंचार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयेजना गरेको हो । हेटौंडाको बुद्धचोकमा भएको रक्तादान कार्यक्रम २० जनाले रक्तदान गरेका थिए । उक्त कार्यक्रम रोटरी क्लब अफ मकवानपुरका निर्वाचित अध्यक्ष कृष्णबहादुर कार्कीको प्रमुख आतिथ्यता...
मकवानपुरका प्रजा प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित सोमबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले राक्सिराङ गाउँपालिका वडा नम्वर ५ बाट ११० किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका– ५ बस्ने वर्ष ३६ को रामकुमार प्रजा रहेका छन्...
स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी
काठमाडौँ । स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । मन्त्री खतिवडाले कोरोनाविरुद्धको खोप गायव बनाएर राज्यको २ अर्व ४० करोड हिनामिना गरेको भन्दै एमाले निकट युवा संघले मंगलबार उजुरी दिएको हो । उजुरी दर्ता गर्नको लागि युवा संघका नेता कार्यकर्ता अख्तियारको केन्द्रीय कार्यालय टंगाल...
नेप्से १९ अंकले बढ्दा ६ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्सेमा सुधार आएको छ । सोमबारको तुलनामा मंगलबार नेप्सेमा केही सुधार आएको हो । आज नेप्से परिसूचक १९ दशमलव २६ अंकले वृद्धि भएर २ हजार ८९१ दशमलव ३० विन्दुमा पुगेको छ । यसअघि सोमबार १४ अंकले गिरावट आएको थियो । आज नेप्सेमा...










