मकवानपुरका प्रजा प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७८ माघ १८, मंगलवार १६:०८

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित सोमबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले राक्सिराङ गाउँपालिका वडा नम्वर ५ बाट ११० किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका– ५ बस्ने वर्ष ३६ को रामकुमार प्रजा रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । सोमबार राति साढे १० बजेको समयमा शंकास्पद रुपमा पिढ्युँमा भारी बोकी हिडिरहेको उनलाई रोकी चेकजाँच गर्दा सो परिणामको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान हुनुका साथै  उक्त गाँजा ओसरपसारमा संलग्न रहेका अन्य व्यक्तिहरुको खोजतलास भइरहेको छ ।