नेता सापकोटाद्वारा हेटौंडाका विद्यार्थीलाई छात्रवृत्ति रकम हस्तान्तरण

तु खबर संवाददाता
२०७८ माघ १८, मंगलवार १७:०२

मकवानपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी योग्यराज सापकोटाले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ स्थित प्रगति उच्च माविमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति रकम हस्तान्तरण गरेका छन् ।

नेता सापकोटाले उक्त विद्यालयमा अध्ययनरत् गरिब, असहाय, अनाथ बालबालिकाका लागि ५२ हजार रुपैयाँ छात्रवृत्ति रकम हस्तान्तरण गरेका हुन् । उनले एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रदीप पराजुलीलाई छात्रवृत्ति रकम हस्तान्तरण गरेका हुन् ।

छात्रवृत्ति रकम हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर सदस्य सीता अधिकारी, नेपाली कांग्रेस जिल्ला सदस्य माधव आचार्य, नेपाली कांग्रेस नगर सभापति उत्सव इटेनीलगायतको उपस्थिति रहेको थियो ।