दुर्घटनामा हेटौंडाका दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ जेष्ठ २९, आईतवार ०८:२९
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मा शनिबार साँझ सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाराबाट हेटौंडातर्फ आउँदै गरेको भारतीय एन एल ०१ एल २९७१ नम्वरको ग्यास बुलेटले विपरीत दिशाबाट जाँदै गरेको ना ६१ प ४५९७ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय इश्वर तामाङ्ग र २६ वर्षीया अमिना तामाङ्ग रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, मृतक बाबु छोरी हुन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा हेटौंडा अस्पतलामा मृत्यु भएको हो । ठक्कर दिने बुलेट र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।