प्रगतिशील टोलको अध्यक्षमा जयराम खतिवडा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मा रहेको प्रगतिशील टोल विकास संस्थाको अध्यक्षमा जयराम खतिवडा चयन भएका छन् । संस्थाको १८ औं वार्षिक साधारण सभाबाट खतिवडाको नेतृत्वमा ११ सदस्यीय सर्वसम्मत चयन गरिएको हो ।
यसैगरी, उपाध्यक्षमा सविना प्याकुरेल, सचिवमा श्याममणि पौडेल, कोषाध्यक्षमा सन्तोष पुडासैनी चयन भएका छन् । सदस्यहरुमा क्रमशः बुद्व लामा, सुदर्शन भट्टराई, रुकु पौडेल, शिवप्रसाद अधिकारी, गोपिनी खतिवडा, एमकुमारी अधिकारी र सौजन डिसी चयन भएका छन् ।
