हेटौंडा ९ को अध्यक्षमा गठबन्धनका केसी निर्वाचित

तु खबर संवाददाता
२०७९ जेष्ठ ६, शुक्रबार २०:०८

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ को मतगणना सम्पन्न भएको छ । शुक्रबार साँझ सम्पन्न मत गणना अनुसार, हेटौंडा ८ को वडाध्यक्ष पदमा सुकराम केसी निर्वाचित भएका छन् । केसी २ हजार ३२२ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

केसीले अर्का प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मण प्रसाद भण्डारीलाई ९८० पराजित गरेका हुन् । पराजित भण्डारीलाई १ हजार ३४२ मत प्राप्त भएको छ । हेटौंडा ९ बाट गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामालाई १ हजार ३०२ मत, नेकपा एमालेका अनन्त पौडेललाई २ हजार २८५ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपक बहादुर सिंहलाई १ हजार ३९७ मत प्राप्त भएको छ ।

यसैगरी, उपमेयर पदमा गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँलाई १ हजार ७७५ मत, एमालेकी सुमित्रा काफ्लेलाई १ हजार ९१ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ३८१ मत प्राप्त भएको छ ।