समाचार

मकवानपुरमा थप १६६ जना कोरोना संक्रमणमुक्त, एकको मृत्यु

मकवानपुर । मकवानपुरमा आज (मंगलबार) कोरोना भाइरस (कोभिड–१९) संक्रमित भन्दा संक्रमण निको हुनेको संखया बढी छ । जिल्लामा आज एकैदिन १६६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, विभिन्न मितिमा कोरोना पुष्टि भई होम आइसोलेशनमा बसेका १६५ जना र संस्थागत आइसोलेशनमा बसेका एक...

हराएको खोप खोजी गर्न छानबिन समिति गठन

काठमाडौं । सरकारले हराएको २४ लाख मात्रा खोप खोजी गर्न छानविन समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. गुणराज लोहनीको अध्यक्षतामा ५ सदस्यीय खोप छानविन समिति गठन बनाएको हो । यसैगरी, समितिको सदस्य सचिवमा डा.गुणनिधि शर्मा, डा.अभियान गौतम, सदस्यहरूमा यशोदा अर्याल, अनिल थापा रहेका छन् ।...

निर्वाचन आयोगको प्रस्ताव: जेठ ४ गते चुनाव गरौँ

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सरकारसमक्ष प्रस्ताव गर्ने भएको छ । केही बेरमा बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीबीच हुने भेटवार्तामा सो प्रस्ताव पेश गरिने आयोगले जनाएको छ । आजको छलफलमा आयोगले आयोगले प्रस्ताव गरेको मितिमा प्रधानमन्त्रीले सहमति जनाइसकेपछि त्यसको दुई दिनभित्र...

नवलपुरमा अटो चालक मृत अवस्थामा फेला

  काठमाडौँ । नवलपुरको कावासोतीमा अटो चालक मृत अवस्थामा भेटिएका छन् । कावासोती नगरपालिका वडा नम्वर १३ गैरी निवासी ५२ वर्षीय माधवप्रसाद गिरी घर नजिकैको घोलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सडक छेउमा उनले चलाउने अटो रोकिएको छ र घोलको हिलोमा शव गाडेर माथिबाट कर्कलाको पातले...

स्थानीय निर्वाचनबारे छलफल गर्न आयोगका पदाधिकारीलाई बालुवाटार बोलाइयो

काठमाडौँ । स्थानीय तहको निर्वाचनको सन्दर्भमा आवश्यक छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार मंगलबार दिउँसो ३ बजे आयोगका पदाधिकारीलाई बालुवाटारमा बोलाइएको छ । गत शनिबार बसेको सत्तारुढ गठबन्धनको बैठकले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने र सरकारले निर्वाचन आयोगसँग छलफल...

वर्तमान सरकार संसद्को मर्यादा विपरित काम गर्न अग्रसर छ –  शाक्य

मकवानपुर । बागमती प्रदेशको पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलको नेता अष्टलक्ष्मी शाक्यले वर्तमान सरकार संसद्को मर्यादा विपरित काम गर्न अग्रसर भएको टिप्पणी गरेकी छिन् । बागमती प्रदेशसभाको चौथो वार्षिक उत्सव सभारोहमा शुभकामना दिने क्रममा उनले बागमती सरकारले धान्नै नसकिने गरी मन्त्रिमण्डल विस्तार गरेको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।...

मुख्यमन्त्री पाण्डेको अहंकार धेरै दिन टिक्दैन – सभामुख श्रेष्ठ

मकवानपुर । बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री पाण्डेमा अहंकार धेरै भएको र त्यसले दुर्घटना निम्त्याउने भन्दै अहंकार त्याग्न आग्रह गरेका छन् । बागमती प्रदेशसभाको चौथो वार्षिक उत्सव समापन समारोहलाई सम्बोधन गर्दै सभामुख श्रेष्ठले शान्ति स्थापना गर्नको लागि सहकार्य र सह–अस्तित्वको भावना हुनुपर्नेसमेत बताए । अहंकारले मान्छेलाई अगाडि बढ्न...

कांग्रेस नेता सापकोटाद्वारा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

मकवानपुर । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी योग्यराज सापकोटाले छात्रवृत्ति रकम सहयोग गरेका छन् । हेटौंडा–९ मा अवस्थित प्रगति उच्च माविमा अध्ययनरत् गरिव, असहाय, अनाथ बालबालिकाका लागि सापकोटाले ५२ हजार रुपैयाँ छात्रवृत्ति रकम सहयोग गरेका हुन् । उनले छात्रवृत्ति रकम विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रदीप पराजुलीलाई हस्तान्तरण गरेका...

सोनाम ल्होछारको उपलक्ष्यमा भोलि देशैभर सार्वजनिक विदा

काठमाडौँ । तामाङ् समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम ल्होछारको उपलक्ष्यमा सरकारले भोलि देशैभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले माघ १९ गते देशैभर विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले सूचना निकालेर भोलि नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था पूर्ण रुपमा बन्द रहने...

पत्रकार पेन्सन कोषमा उपमहानगरद्वारा यस वर्ष पनि ५ लाख सहयोग

हेटौंडा उपमहानगरपालिकाले यसवर्ष पनि नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सञ्चालनमा ल्याएको ज्येष्ठ पत्रकार पेन्सन कोषमा पाँच लाख रुपैयाँ सहयोग गरेको छ । गतवर्षदेखि सञ्चालनमा रहेको यस कोषमा उपमहानगरपालिकाले यसअघि १० लाख रुपैयाँ सहयोग गरेको थियो । पत्रकार महासंघले २० वर्ष काम गरेका ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि...