समाचार

बागमती प्रदेश सरकारद्वारा ल्होछार र न्वागी पर्वको उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय

मकवानपुर । तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होछार र चेपाङ समुदायले मनाउने मुख्य पर्व न्वागीको उपलक्ष्यमा बागमती प्रदेश सरकारले  माघ १९ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ । वर्षेनी तामाङ समुदाय र चेपाङ समुदायले आफ्नो मुख्य चाडमा सार्वजनिक विदा मागिरहेको अवस्थामा प्रदेश सरकारले यस्तो निर्णय गरेको हो...

मास्क नलगाउने ४९ जनालाई जरीवाना

मकवानपुर । मकवानपुर प्रहरीले सोमबार मास्क नलगाई सार्वजनिक स्थानमा हिडडुल गर्ने ४९ जनालाई जरीवानासहित कारबाही गरेको छ । प्रहरीले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई नियन्त्रण तथा न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी गरिएको मास्क अभियान अन्तरगत मास्क नलगाउने ४९ जनालाई जरीवानासहित कारबाही गरेको हो । जिल्ला प्रहरी कार्यालय...

हेटौंडाका वाईबा पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले वन मुद्दामा फरार हेटौंडाका एक जनालाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ बस्ने ४७ वर्षीय कर्णबहादुर वाईबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, जिल्ला अदालत मकवानपुरको मिति...

ट्राफिक नियम उल्लङ्घन गर्ने १०९ वटा सवारीसाधन कारबाहीमा

मकवानपुर । मकवानपुर प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने १०९ वटा सवारीसाधनलाई कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ट्राफिक प्रहरी कार्यालय मातहतबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले सोमबार जिल्लाको विभिन्न स्थानमा चेकिङ गर्ने क्रममा १०९ वटा टिपरलाई कारबाही गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।...

ल्होछारको उपलक्ष्यमा बकैया र राक्सिराङ गाउँपालिकाले पनि तीन दिन विदा दिने

मकवानपुर । तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने पर्व सोनाम ल्होछारको अवसरमा मकवानपुरको राक्सिराङ र बकैया गाउँपालिकाले पनि तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार एक सूचना जारी गर्दै दुवै गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा माघ १९, २० र २१ गते सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको...

बीमा समितिद्वारा ११ वटा बीमा कम्पनीहरुलाई कारवाही गर्ने निर्णय

काठमाडौँ । बीमा समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै ११ वटा कम्पनीहरुलाई कारवाही गर्ने निर्णय गरको छ । समितिले निर्धारित समयमा वित्तिय विवरण तयार पारी लेखा परिक्षण प्रतिवेदन नबुझाउने ११ वटै कम्पनीलाई रु १० हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो । बीमा समितिले यति धेरै कम्पनीहरुलाई कारवाही गरेको...

सानिमा बैंकद्वारा थप ३ वटा शाखा कार्यालय विस्तार

काठमाडौँ । सानिमा बैंक लिमिटेडले थप तीन वटा शाखा संचालनमा ल्याएको छ । बैंकले कावासोती, बर्दिबास र अत्तिरियामा बैंकका शाखा कार्यालय विस्तार गरेको हो । उक्त शाखा कार्यालय मध्ये कावाकोती शाखाको कावासोती नगरपालिकाका मेयर चन्द्र कुमारी पुन, बर्दिबास शाखाको बर्दिबास नगरपाकिका मेयर बिदुर कुमार कार्की र अत्तरिया शाखाको गोदावरी...

खल्ती फोनपेको नेटवर्कमा आवद्ध, खल्तीका ग्राहकले फोनपेको क्यूआरबाट भुक्तानी गर्न सक्ने

काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोन पे र खल्तीबीच सहकार्य हुने भएको छ । फोनपे नेपालको अग्रणी भुक्तानी सञ्चालक हो भने खल्ती पछिल्लो समय डिजिटल कारोबारलाई तीव्रता दिइरहेको कम्पनीको रुपमा पचिचित रहेको छ । आज सोमबार फोनपेका नायव प्रमुख कार्यकारी दिवस सापकोटा र खल्तीका प्रमुख कार्यकारी अधिकृत...

थप ५२९२ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप ५ हजार २९२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना र ५ हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

हेटौंडा अस्पतालमा अक्सिजन उत्पादन सुरु

मकवानपुर । हेटौंडा अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ । कोरोना संक्रमित बिरामीलाई अक्सिजनको अभाव हुन नदिन दैनिक २५० सिलिन्डर (ठूलो) उत्पादन गर्ने क्षमताको प्लान्ट निमार्ण गरेको सो अस्पतालले जनाएको छ । अस्पतालका अध्यक्ष राजेश प्रसाईंका अनुसार, अमेरिकी सरकारको सहयोगमा संघीय स्वास्थ्य मन्त्रालयले रु तीन करोडको लागतमा दैनिक १२५...