समाचार

तामाङ पत्रकार संघ मकवानपुरको आयोजनामा शुभकामना आदानप्रदान

मकवानपुर । हेटौंडामा  सोमबार २०५८ ताक लो (बाघ) बर्ग सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रम तामाङ पत्रकार संघ मकवानपुरको आयोजनामा भएको हो । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सभाहलमा भएको कार्यक्रममा तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानको अध्यक्षता तथा बागमती...

आज १४ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १४ अंकले घटेको छ । नेप्से विहान केही समय २९०५ को बिन्दुमा पुगेर कारोबार बन्द हुँदा १४.४८ अंकले घटेर २ हजार ८७१ . ०५ बिन्दु कायम भएको छ । सोमबार नेप्सेमा एक करोड एक...

कन्टेनर पल्टिएर दुर्घटना हुँदा चालक गम्भीर घाइते

चितवन । चितवनको सडक विस्तार भइरहेको नारायणगढ गोन्द्राङ्ग सडकखण्डमा कन्टेनर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । सोमबार दिउँसो भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश ०३–००१–००५ ख ९९७० नम्वरको कन्टेनर भरतपुर महानगरपालिका–१२ बसन्तचोकमा आफैँ अनियन्त्रित भई विद्युतको खम्बामा ठोक्किएर दुर्घटना हुँदा एक जना घाइते भएका हुन् । दुर्घटनामा परेर...

मकवानपुरमा सोमबार कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढी

मकवानपुर । मकवानपुरमा आज (सोमबार) कोरोना भाइरस (कोभिड–१९) संक्रमित भन्दा संक्रमण निको हुनेको संखया बढी छ । जिल्लामा आज एकैदिन १६६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, विभिन्न मितिमा कोरोना पुष्टि भई होम आइसोलेशनमा बसेका १६१ जना र संस्थागत आइसोलेशनमा बसेका ५...

कोरोनाका कारण स्थगित परीक्षाहरु फागुनमा गर्ने त्रिविको तयारी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमणको जोखिमका कारण स्थगित परीक्षाहरु फागुनमा संचालन गर्ने तयारी गरेको छ । परीक्षा संचालनको विषयमा छलफल भइरहेको र माघ २० भित्रै सूचना प्रकाशन गर्ने गरी काम भइरहेको जनाइएको छ । आइतबार कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या बढी भएकोले सोमबार र मंगलबारको अवस्था हेरेर...

अपडेट – हेटौंडामा मृत भेटिएकी महिलाको पहिचान खुल्यो

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० त्रिवेणीधाम नजिकै कर्रा खोलाको किनारमा आज (सोमबार) बिहान मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ । उक्त शव हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चाइनाक्वाटर बस्ने ६५ वर्षीय सारदादेवी लमिनीको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।...

बागमती प्रदेश: संसदीय समितिको सभापतिमा सिलवाल र पोखरेल निर्विरोध

मकवानपुर । बागमती प्रदेशसभा अन्तरगत रहेको अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिमा क्रमश नारायाणबहादुर सिलवाल र केशवप्रसाद पोखरेल निर्विरोध भएका छन् । दुवै समितिको सभापतिमा एक–एक जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरु स्वतः चुनिएका हुन् । सिलवाल र पोखरेल दुवै नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका...

जङ्गली हात्तीले लियो कार्कीको ज्यान

काठमाडौं । जङ्गली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका–१३ का एक वृद्धको आज बिहान ज्यान गएको छ । हात्तीको आक्रमणबाट ७५ वर्षीय खम्बासिंह कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान ३ बजे घरको बरन्डामा रहेको धान, मकै, आलु खाँदै गरेको जङ्गली हात्ती धपाउने क्रममा आक्रमणमा परी उनी...

झगडा हुँदा युवकको मृत्यु, २ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–७ मित्रपार्कस्थित ओरालो सडकमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । गएराति मित्रपार्क आसपासमा बस्ने युवकहरूको बीचमा झडप हुँदा भाग्ने क्रममा गौरीघाट जाने ओरालोतर्फको अग्लो सडकबाट लडे अन्दाजी २७ वर्षीय एक युवकको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । झगडा गर्ने...

गृहमन्त्रीले गरे मकवानपुरसहित १२ जिल्लाका प्रहरी प्रमुखलाई टेलिफोन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनको बारेमा १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन् । गृहमन्त्री खाँणले मकवानपुरसहित १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरी जिल्लाको स्थितिबारे जानकारी लिएका हुन् । गृहमन्त्री खाँणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी,...