कोरोनाका कारण स्थगित परीक्षाहरु फागुनमा गर्ने त्रिविको तयारी
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमणको जोखिमका कारण स्थगित परीक्षाहरु फागुनमा संचालन गर्ने तयारी गरेको छ । परीक्षा संचालनको विषयमा छलफल भइरहेको र माघ २० भित्रै सूचना प्रकाशन गर्ने गरी काम भइरहेको जनाइएको छ ।
आइतबार कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या बढी भएकोले सोमबार र मंगलबारको अवस्था हेरेर बुधबार निर्णय गर्ने गरिने जनाइएको छ । कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्न थालेपछि त्रिविले सेमेष्टर तथा वार्षिक परीक्षाहरू माघ मसान्तसम्मको लागि तय भएको पूर्वनिर्धारित परीक्षाहरू स्थगित गरेको थियो ।
