गृहमन्त्रीले गरे मकवानपुरसहित १२ जिल्लाका प्रहरी प्रमुखलाई टेलिफोन
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनको बारेमा १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन् । गृहमन्त्री खाँणले मकवानपुरसहित १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरी जिल्लाको स्थितिबारे जानकारी लिएका हुन् ।
गृहमन्त्री खाँणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका हुन् । उनले मुख्यगरी प्रहरीमा र समग्र जिल्लामा कोभिड–१९ को प्रभाव, शीतलहर र हिमपातको अवस्था, जिल्लामा सुरक्षा स्थिति, प्रहरीलाई सरकारले उपलब्ध गराउने रासन भत्ता वितरण बारेमा जानकारी लिएको प्रहरी प्रमुखले जानकारी दिएका छन् ।
