हेटौंडाका वाईबा पक्राउ

तु खबर संवाददाता
२०७८ माघ १८, मंगलवार ०८:४४
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले वन मुद्दामा फरार हेटौंडाका एक जनालाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ बस्ने ४७ वर्षीय कर्णबहादुर वाईबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, जिल्ला अदालत मकवानपुरको मिति २०७३ साल भदौ १४ गतेको फैसालाले वन मुद्दामा जरीवाना भुक्तान गर्न बाँकी भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ बाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई सोमबार नै जरीवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।