निर्वाचन आयोगको प्रस्ताव: जेठ ४ गते चुनाव गरौँ
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सरकारसमक्ष प्रस्ताव गर्ने भएको छ । केही बेरमा बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीबीच हुने भेटवार्तामा सो प्रस्ताव पेश गरिने आयोगले जनाएको छ ।
आजको छलफलमा आयोगले आयोगले प्रस्ताव गरेको मितिमा प्रधानमन्त्रीले सहमति जनाइसकेपछि त्यसको दुई दिनभित्र निर्वाचन आयोगले गृह मन्त्रालयमा चुनावको मितिसम्बन्धी प्रस्ताव पेस गर्नेछ । आयोगको सो प्रस्ताव गृह मन्त्रालयले क्याबिनेटमा पेस गरेपछि चुनावको मिति औपचारिकरुपमा तय हुनेछ ।
निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको छ । यसअघि प्रधानमन्त्री देउवाले पनि आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने बताएका थिए ।
