एमालेका लालबाबुलाई हराउँदै कांग्रेसका शेखर कोइराला विजयी
काठमाडौं । मोरङ क्षेत्र नम्वर ६ बाट नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । सत्ता गठबन्धन दलका साझा उम्मेदवार कोइराला आफ्नो प्रतिस्पर्धी एमालेका लालबाबु पण्डितलाई १२ हजार २८४ सय मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।
कोइरालाले ३५ हजार २१३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी पण्डितले २२ हजार ९२९ मत प्राप्त गरे । पहिलो संविधान सभाको उपनिर्वाचन र दोस्रो संविधान सभामा विजयी कोइराला २०७४ को प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए ।
