रोट्र्याक्ट क्लब अफ मकवानपुरको आयोजनामा रक्तदान कार्यक्रम
मकवानपुर । रोट्र्याक्ट क्लब अफ मकवानपुरले मंगलबार हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । क्लबले रक्तसंचार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयेजना गरेको हो । हेटौंडाको बुद्धचोकमा भएको रक्तादान कार्यक्रम २० जनाले रक्तदान गरेका थिए ।
उक्त कार्यक्रम रोटरी क्लब अफ मकवानपुरका निर्वाचित अध्यक्ष कृष्णबहादुर कार्कीको प्रमुख आतिथ्यता तथा रोट्र्याक्ट क्लब अफ मकवानपुरकी अध्यक्ष प्रतीक्षा न्यौपानेको अध्यक्षतामा भएको हो । कार्यक्रममा रोटरी क्लब अफ मकवानपुरका निवर्तमान अध्यक्ष कविन संगामीको पनि उपस्थिति रहेको थियो ।
