एमाले नेता एकीकृत समाजवादीमा प्रवेश

तु खबर संवाददाता
२०७८ माघ १९, बुधबार १६:३९

काठमाडौं । सिन्धुपाल्चोकका नेकपा एमालेका नेता तथा पूर्वसांसद सुवास कर्माचार्य नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नेता कर्माचार्य बुधबार काठमाडौंमा आयोजित कार्यक्रमबीच पार्टी प्रवेश गरेका हुन् । उनीसहितका अन्य नेता कार्यकर्ता पनि पार्टी प्रवेश गरेका छन् ।

उनीहरुलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । २०५६ देखि २०६६ सालसम्म नेकपा एमालेको सिन्धुपाल्चोक जिल्ला सचिव रहेका कर्माचार्य २०५६ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । तत्कालिन नेकपा एमालेमा माधवकुमार नेपाल समूहमा रहेका उनी नेता नेपालले पार्टी विभाजन गरे पनि एमालेमै बसेका थिए ।