समाचार
साढे २ करोड ठगी गरेको आरोपमा श्रेष्ठ पक्राउ
काठमाडौं । ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक महिलालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ बस्ने ५४ वर्षीया बिमला श्रेष्ठलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । श्रेष्ठलाई सोमबार काठमाडौं महानगरपालिका–१६ बालाजुबाट पक्राउ गरेको हो । श्रेष्ठ पीडितको जग्गा प्लटिङ गरेर बिक्री गरेर आएको २ करोड ५६...
कांग्रेस बागमती प्रदेशको एकदिने प्रशिक्षण सम्पन्न
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको एकदिने प्रशिक्षण मंगलबार सम्पन्न भएको छ । “घरघर जाऔं, कांग्रेस जिताऔं” अभियान अन्र्तगत कांग्रेस बागमती प्रदेशले आफ्ना कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई स्थानीय निर्वाचन र एमसीसीको भ्रम सम्बन्धी एकदिने प्रशिक्षण दिएको हो । कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको प्रशिक्षणमा नेपाली कांग्रेसका...
मंगलबार १६ अंकले बढ्यो नेप्से
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबार दोहोरो अंकले बढेको नेप्से परिसूचक मंगलबार १६ अंकले बढेको हो । आज नेप्से परिसूचक १६ दशमलव ४ अंकले बढेर २ हजार ६ सय ५० दशमलव ७० अंकमा पुगेको छ । ‘क’...
अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् । मंगलबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित एक कार्यक्रममा उनी एमाले प्रवेश गरेकी हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । अभिनेत्री मानन्धर तत्कालिन नयाँँ शक्ति पार्टीबाट राजनीतिमा लागेकी थिइन् । पछिल्लो समय उनी...
बागमतीका सांसदको गुनासो: चुनाव भड्किलो भयो
मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको बैठकको शुन्य समयमा ६ जना सांसद्हरुले जनचासो विषयमा आफ्ना धारणा राखेका छन् । बैठकमा सत्तापक्ष नेकपा माओवादी केन्द्रका जगत सिम्खडा, रामकाजी महर्जन, नेपाली काँग्रेसका नरोत्तम वैद्य, राजेन्द्र गुरुङ, प्रतिपक्ष दल विवेकशी साझा पार्टीका रमेश पौड्याल र शोभा शाक्यले शुन्य समयमा आफ्नो धारणा राखेका...
जिल्ला अदालत तनहुँमा पल शाहविरुद्ध बलात्कार मुद्धा दायर
काठमाडौँ । अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा बलात्कार मुद्धामा अभियोगपत्र दायर भएको छ । १६ वर्षीया किशोरीले दिएको किटानी जाहेरीको आधारमा सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय तनहुँका प्रमुख जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा २१९...
बागमती प्रदेशसभाः ३ वटा विधेयकलाई दफावार छलफलको लागि समितिमा पठाउने निर्णय
मकवानपुर । बागमती प्रदेशसभा बैठक मंगलबार २१ मिनेट सञ्चालन भएर स्थगित भएको छ । सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित गरेका हुन् । दिउँसोे १ बजे बस्ने गरी बोलाइएको बैठक ४० मिनेट ढिलो गरी सुरु भएको थियो । बैठकले यस अघि सदनमा पेश भएको ३...
बागमती प्रदेशसभा बैठक सुरु
मकवानपुर । बागमती प्रदेशसभा बैठक आज (मंगलबार) सुरु भएको छ । दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक करिब ४० मिनेट ढिलोगरी सुरु भएको हो । आजको बैठकमा ३ वटा विधेयकमाथि छलफल हुने जनाइएको छ । सचिव कृष्णहरि खड्काका अनुसार आजको बैठकमा यसअघि सदनमा पेश भएको विभिन्न ३ वटा...
नेपालको कुटनीतिक सम्बन्ध १७४ देशमा विस्तार
काठमाडौं । नेपालको कुटनीतिक सम्बन्ध १७४ देशमा विस्तार भएको छ । सोमबार नेपाल र फिलिपिन्सको दक्षिणपूर्व प्रशान्त महासागरमा अवस्थित देश गणतन्त्र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको संख्या १७४ पुगेको हो । कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई...
हत्या योजना बनाएको आरोपमा पोखरेल पक्राउ
जनकपुरधाम । अपराधिक षड्यन्त्र (हत्या योजना) गरेको आरोपमा प्रहरीले म्याग्दीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–९ बस्ने विश्वराज पोखरेल रहेका छन् । उनलाई म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङबाट म्याग्दी प्रहरीकै समन्वयमा पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ । पोखरेलले आफूविरुद्ध ज्यान मार्ने उद्देश्यले अपराधिक षड्यन्त्र...








