समाचार
बागमती प्रदेशसभा बैठक आज बस्दै, अधिवेशन अन्त्यको तयारी
मकवानपुर । बागमती प्रदेशसभा बैठक आज (मंगलबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले जानकारी दिए । आज बस्ने बैठकमा ३ वटा विधेयकमाथि छलफल हुनेछ । सचिव खड्काका अनुसार आजको बैठकमा यसअघि सदनमा पेश भएको विभिन्न ३ वटा विधेयकमाथि छलफल भएर समितिमा...
इमान्दार कार्यकर्ताको चरित्र हत्या गर्न खोजेको भन्दै कांग्रेस भीमफेदीको आपत्ती
मकवानपुर । नेपाली कांग्रेस भीमफेदी गाउँपालिकाले आफ्नो इमान्दार कार्यकर्ताको चरित्र हत्या गर्न खोजेको भन्दै आपत्ती जनाएको छ । कांग्रेस भीमफेदीले नेकपा एकीकृत समाजवादीले भ्रामक प्रचार गर्दै आफ्नो इमान्दार कार्यकर्ताको चरित्र हत्या गर्न खोजेको भन्दै आपत्ती जनाएको हो । गत चैत्र ४ गते भीमफेदी गाउँपालिका वडा नम्वर १ नयाँगाउँमा सडक...
हेटौंडामा अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसमा अन्तरक्रिया
मकवानपुर । ५७ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस हेटौंडामा जातीय छुवाछुत अन्त्यका लागि सरकार र नागरिक समाजकोे भुमिका विषयकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रम सोमबार मानव अधिकारी तथा जातीय भेदभाव सरोकार केन्द्र नेपालको आयोजनामा भएको हो । मानव अधिकारी तथा जातीय भेदभाव सरोकार केन्द्र नेपालका...
गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसमा दीप प्रज्वलन
मकवानपुर । नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १२ औँ स्मृति स्मृति दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित पशुपति मन्दिरमा जीपी कोइराला फाउण्डेशन मकवानपुरको आयोजनामा दीप प्रज्वलन गरिएको हो । कार्यक्रम कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहको...
कांग्रेस बागमती प्रदेशमा कोषाध्यक्षसहित विभिन्न समिति र विभागहरु गठन
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको सोमबार हेटौंडामा बसेको बैठकले कोषाध्यक्षसहित विभिन्न समिति र विभागहरु गठन गरेको छ । प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले कोषाध्यक्षमा दीर्घमान श्रेष्ठलाई चयन गरेको हो । बैठकले १६ सदस्यीय कार्यसम्पादन समितिसमेत थप गरेको छ । समितिको सदस्यहरुमा प्रभात तामाङ, सन्तबहादुर प्रजा,...
यस्तो रहनेछ आजको मौसम पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहनुका साथै देशभर तापक्रम बढ्ने क्रममा रहेको जनाएको छ । महाशाखाका अनुसार, प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । मंगलबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही...
कांग्रेस भीमफेदी ५ को वडा कार्यालय स्थापना
मकवानपुर । नेपाली कांग्रेस भीमफेदी गाउँपालिका ५ नम्वर वडा समितिले सुपिङमा वडा कार्यालय स्थापना गरेको छ । कांग्रेसका नेता जयराम लामिछानेको प्रमुख आतिथ्यतामा सोमबार वडा कार्यालय विधिवत रुपमा स्थापना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता लामिछानेले कम्युनिष्टहरुले लामो समयसम्म जनतालाई भ्रममा राखेको बताउँदै अब जनता भ्रममुक्त हुनुपर्ने बताए...
निर्वाचन आयोगले आचारसंहिताबारे सबै प्रदेशमा अन्तरक्रिया गर्ने
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिताबारे सबै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । सोमबार नियमित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले देशभरका साथ वटै प्रदेशमा निर्वाचन आचारसंहिता कार्यान्वयनको सम्बन्धमा अन्तरक्रिया गर्ने जानकारी दिएका हुन् । आयोगले नेपाल कानून समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु...
बागमती प्रदेश प्रथम खेलकुद : क्रिकेटको उपाधि मकवानपुरलाई
मकवानपुर । प्रदेश खेलकुद परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको उपाधि मकवानपुरले हात पारेको छ । सोमबार सोमबार चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको फाइनल खेलमा धादिङलाई २४ रनले पराजित गर्दै मकवानपुरले उपाधि हात पारेको हो । धादिङले टस जितेर...
निर्वाचन तोकिएकै मितिमा हुन्छ, गठबन्धनको विषय केही दिनभित्रै टुंगो लाग्छः प्रकाशमान सिंह
मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी घर दैलो अभियानलाई तीब्र बनाउन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । सोमबार कांग्रेस बागमती प्रदेश कार्यसमितिको हेटौंडास्थित कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता सिंहले मतदाताको घर–घरमा पुगेर उनीहरुको सुखदुखमा सरिक...










