इमान्दार कार्यकर्ताको चरित्र हत्या गर्न खोजेको भन्दै कांग्रेस भीमफेदीको आपत्ती

तु खबर संवाददाता
२०७८ चैत्र ८, मंगलवार ०९:३९

मकवानपुर । नेपाली कांग्रेस भीमफेदी गाउँपालिकाले आफ्नो इमान्दार कार्यकर्ताको चरित्र हत्या गर्न खोजेको भन्दै आपत्ती जनाएको छ । कांग्रेस भीमफेदीले नेकपा एकीकृत समाजवादीले भ्रामक प्रचार गर्दै आफ्नो इमान्दार कार्यकर्ताको चरित्र हत्या गर्न खोजेको भन्दै आपत्ती जनाएको हो ।

गत चैत्र ४ गते भीमफेदी गाउँपालिका वडा नम्वर १ नयाँगाउँमा सडक निर्माण उपभोक्ता समिति निर्माणको लागि बोलाएर नेपाली कांग्रेसबाट वडा नम्वर १ मा निर्वाचित वडा सदस्य प्रेमबहादुर नेगीलाई एकीकृत समाजवादीका केहि कार्यकर्ताले पार्टी प्रवेश गरेको भन्दै सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको भन्दै कांग्रेस भीमफेदीले ध्यानकर्षण गरेको हो ।

कांग्रेस भीमफेदीका सभापति संजीव श्रेष्ठले समाजवादीको भ्रमको पछि नलाग्न आग्रह समेत गरेका छन् । स्थानीय निर्वाचनको समयमा गाउँ छिरेर जनतालाई भ्रम छर्ने काम समाजवादीका नेता कार्यकर्ताले गर्न थालेको भन्दै यस्तो क्रियाकलाप नगर्न उनले चेतावनी समेत दिएका छन् ।

यसैगरी, कांग्रेस भीमफेदी–१ का सभापति सोमबहादुर स्याङ्तानले पनि विज्ञप्ति जारी गर्दै समाजवादीको भ्रमको पछि नपर्न अनुरोध गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ति ।

नेपाली कांग्रेस भीमफेदीले जारी गरेको विज्ञप्ति ।

नेपाली कांग्रेस भीमफेदी–१ ले जारी गरेको विज्ञप्ति ।