अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् । मंगलबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित एक कार्यक्रममा उनी एमाले प्रवेश गरेकी हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।
अभिनेत्री मानन्धर तत्कालिन नयाँँ शक्ति पार्टीबाट राजनीतिमा लागेकी थिइन् । पछिल्लो समय उनी राजनीतिमा निष्क्रिय थिइन् । मानन्धरसँगै पर्साका नेकपा माओवादी केन्द्रका नेता बाबुराम कौशिक पनि एमालेमा प्रवेश गरेका छन् । उनी माओवादी केन्द्रको केन्द्रीय सदस्यमा प्रस्ताव गरिएका नेता हुन् ।
