हत्या योजना बनाएको आरोपमा पोखरेल पक्राउ
जनकपुरधाम । अपराधिक षड्यन्त्र (हत्या योजना) गरेको आरोपमा प्रहरीले म्याग्दीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–९ बस्ने विश्वराज पोखरेल रहेका छन् ।
उनलाई म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङबाट म्याग्दी प्रहरीकै समन्वयमा पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ । पोखरेलले आफूविरुद्ध ज्यान मार्ने उद्देश्यले अपराधिक षड्यन्त्र गरेको भन्दै हरिवन ११ का अर्जुन रायमाझी भनिने सिद्धीबहादुर रायमाझीले गत २१ पुसमा दरर्खास्त दिएका थिए ।
दरखास्त परेपछि सर्लाही जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई नियन्त्रणमा लिइएको सर्लाही प्रहरीले जनाएको छ । पक्राउ परेका पोखरेल पटक–पटक विभिन्न नम्बरको सिमकाड परिवर्तन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उनलाई हिरासतमा राखी उक्त घटनाको बारेमा आवशयक अनुसन्धान गरिरहेको छ ।
