समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित भएका छन् । सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सोमबार बिहानैदेखि काठमाडौंको मौसम धुम्म भएका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरणमा...

५८ वर्षीय पुरुषको हत्या गरेको आरोपमा पक्राउ

काठमाडौं । काठमाडौंको न्यूरोडस्थित लगन टोलमा ५८ वर्षका पुरुषको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२१ स्थित लगन टोल घर भएका ५८ वर्षीय पृथ्वी वीर डंगोलको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेमा सहवहाल घर...

दुर्घटनामा परेर दुई जनाको मृत्यु

झापा । दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–१ पुलचोकमा सोमबार साँझ ट्रकमा ठोक्किएर मोटरसाईकल पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक बुद्धशान्ति गाँउपालिका–४ का २५ वर्षीय अन्जन फागो रहेका छन् । फागोले चलाएको नम्वर नखुलेको मोटरसाईकल...

सेनासहित १५० सुरक्षाकर्मीको निगरानीमा मतपत्र छापिने

काठमाडौं । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले नेपाली सेनासहित सुरक्षाकर्मीको निगरानीमा मतपत्र छाप्ने भएको छ । निर्वाचन आयोगले चैत्र १७ मा नमुना मतपत्र र त्यसपछि २ करोड थान मतपत्र छाप्ने निर्णय गरेसँगै जनक शिक्षाले सेनासहित सुरक्षाकर्मीको निगरानीमा मतपत्र छाप्ने भएको हो...

मधुमेहका बिरामीलाई उपचारको दायरामा ल्याउछौँ: स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मधुमेहका विरामीहरु उपचारको दायरामा नपुगेको बताउँदै उनीहरुलाई उपचारको दायरामा ल्याउनका लागि सरकारले छिट्टै योजना बनाउने बताएका छन् । मन्त्री खतिवडाले एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लगायतका अल्पविकसित देशमा मधुमेहका बिरामी जनचेतनाको अभावका कारण स्वास्थ्य संस्था पुग्न नसकेको सुनाउँदै उनीहरुका लागि विशेष योजना...

१७५ देशमा नेपालको बाह्य सम्बन्ध विस्तार

काठमाडौं । नेपालले १७५ देशमा बाह्य सम्बन्ध विस्तार गरेको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १७५ पुगेको छ । द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत अमृतबहादुर राई र उक्त...

चुनावी तालमेलबारे कांग्रेसले आज निर्णय गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा आज निर्णय गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहित पार्टीका अधिकांश नेता चुनावी तालमेल गरेर जानुपर्ने पक्षमा उभिएका छन् । गत शुक्रबारदेखि सोमबारसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकमा बोलेका अधिकांश नेताहरूले सत्तारूढ पाँचदलीय गठबन्धनलाई...

एमाले अध्यक्ष ओलीले १३४ फिट अग्लो भ्यु- टावरको उद्घाटन गर्ने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको धरहरा पछिको सबैभन्दा ठूलो भनिएको भ्यु–टावरको आज उद्घाटन गर्दैछन् । ओलीले आज तिलोत्तमा नगरपालिका २ स्थित बनवाटिकामा निर्माण गरिएको १ सय ३४ फिट अग्लो १० तले भ्यु टावरको उद्घाटन गर्ने भएका हुन् । लिफ्टसहितको सुविधा भएको भ्यु टावरभित्र रेष्टुरेन्ट, विश्रामस्थल,...

तोलामा १३०० घट्यो सुनको भाउ

काठमाडौँ । सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ । आजको मूल्य तोक्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजोको तुलनामा सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घटेको जानकारी दिएको हो । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको...

नेपाल प्रहरीका ३६ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ३६ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सोमबार साँझ डीएसपीहरूको सरुवा गरेका हुन् । हेर्नुहोस् सरुवा सूची ।