समाचार

इटहरीमा बम विष्फोट दुई जना घाइते

विराटनगर । सुनसरीको इटहरीमा बम विष्फोट हुँदा दुई जना घाइते भएका छन् । सोमबार राति करिब १० बजे इटहरी उपमहानगरपालिका– २ को नवजागृति टोलमा बम विष्फोट हुँदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । बम विष्फोटमा परेर इटहरी उपमहानगरपालिका– २ नवजागृति टोलमा बस्दै आएका २२...

हेटौंडामा बुधबारबाट खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने

मकवानपुर । हेटौंडामा खुल्ला नकआउट ७ ‘ए’ साइड फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी मकवानपुरको आयोजनामा बुधबारबाट हेटौंडामा फुटबल प्रतियोगिता हुने भएको हो । हेटौडा–४ स्थित हुप्रचौरमा हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार रुपैयाँ, द्वितीय हुने टिमले नगद २५ हजार रुपैयाँसहित शिल्ड,...

मकवानपुरमा ६७ हजार मतदाता थपिए

मकवानपुर । मकवानपुरमा ६७ हजारभन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार, जिल्लामा पछिल्लो ५ वर्षको अवधिमा ६७ हजार १ सय ६० जना मतदाता थपिएका हुन् । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा मकवानपुरबाट २ लाख ९४ हजार ९ सय १९ जनाले...

बागमतीमा लाइसेन्सका लागि २ लाखभन्दा बढीको आवेदन

मकवानपुर । बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि २ लाख १५ हजार ६ सय जनाले अनलाईन फारम भरेको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयमा सोमबार भएको पत्रकार सम्मेलनमा मन्त्री घनश्याम दाहालले सो कुराबारे जानकारी गराएका हुन् । उनले अहिले २ लाख १५ हजार ६ सय जनाले...

नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार

काठमाडौं । नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको संख्या १७५ पुगेको हो । द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसंघका लागि नेपालका राजदूत अमृतबहादुर राई र उक्त विश्व...

स्थानीय तह निर्वाचनबारे जानकारी दिन कल सेन्टर

काठमाडौं । निर्वाचन आयोगले आजबाट कल सेन्टर सुरु गर्दैछ । स्थानीय तह निर्वाचनबारे जानकारी दिन आयोगले आजबाट कल सेन्टर सुरु गर्न लागेको हो । निर्वाचन सम्बन्धी सर्वसाधारणको जिज्ञासा समाधान गर्ने उद्देश्यले कल सेन्टर सुरु गर्न लागेको निर्वाचन आयोगले जनाएको छ । ११०२ नम्वरमा फोन गरेर निर्वाचनबारे जानकारी लिन सकिन्छ...

दुर्घटनामा परेर ४ बालकको मृत्यु

जनकपुरधाम । धनुषाको सबैलामा मोटरसाइकल दुर्घटना हुँदा चार जना बालकको मृत्यु भएको छ । सोमबार राति सबैला नगरपालिका वडा नम्वर १२ बरकुर्वामा ज ६प ६७३९ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । आफैं अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमा ५ जना...

एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर–२०२२ : विद्यार्थीहरुको उत्साहजनक सहभागिता

मकवानपुर । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज हेटौंडाको आयोजनामा आज (सोमबार) भएको ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर–२०२२’ विद्यार्थीहरुको उत्साहजनक सहभागितामा सम्पन्न भएको छ । होटल एभोकाडोमा भएको फेयर विहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म चलेको थियो । सो कार्यक्रममा तीन सय भन्दा बढी विद्यार्थीहरुले सहभागिता जनाएको एक्सपर्ट हेटौंडाका म्यानेजर अच्युत...

वीरगंजबाट पक्राउ परे हेटौंडाका तामाङ

मकवानपुर । चेकसहितको पर्स चोरी गर्ने हेटौंडाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंंडा उपमहानगरपालिका वडा नमवर १२ पदमपोखरी बस्ने ३३ वर्षीय मनोज तामाङ रहेका छन् । उनलाई शनिबार बीरगञ्ज महानगरपालिका वडा नम्वर १५ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, तामाङले वीरगञ्ज महानगरपालिका...

२६५ किलो गाँजासहित ५ जना मकवानपुर प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चौकीटोल र मनहरी गाउँपालिका वडा नम्वर ६ लोथर खोलाबाट २ सय ६५ किलो लागूऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हेटौडा उपमहानगरपालिका–१३ पदमपोखरी...