दुर्घटनामा परेर ४ बालकको मृत्यु

तु खबर संवाददाता
२०७८ चैत्र १५, मंगलवार ०८:०८

जनकपुरधाम । धनुषाको सबैलामा मोटरसाइकल दुर्घटना हुँदा चार जना बालकको मृत्यु भएको छ । सोमबार राति सबैला नगरपालिका वडा नम्वर १२ बरकुर्वामा ज ६प ६७३९ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।

आफैं अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमा ५ जना घाइते भएका थिए । घाइतेलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पु¥याएपनि चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सबैला नगरपालिका २ बस्ने १५ वर्षीय राहुल यादव, १२ वर्षीया लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादव रहेका छन् । दुर्घटनामा सबैला २ का १९ वर्षीय सुरेन्द्र यादव घाइते भएका छन् । उनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।