समाचार
स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय
मकवानपुर । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रुपमा सो निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले पत्रकारहरुलाई जानकारी दिए । उनले भने, ‘पार्टीले गठबन्धनको पक्षमा नीतिगत निर्णय गरेको छ । स्थानीय परिस्थिति र आवश्यकता अनुसार...
देशभर ४२ जना कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा थप ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ५ हजार १ सय ८१ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ४ हजार ३ सय २२ जनाको पीसीआर...
त्रिवि सेवा आयोगका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालिन प्रमुख परशुराम कोइरालासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । २०७४ सालमा भएको लेखा सहायक र पुस्तकालय सहायकको पदको लिखित परीक्षामा गलत मनसाय राखी परीक्षार्थीको...
एमाले मकवानपुरले चैत्र २५ गतेसम्म उम्मेदवार टुंगो लगाउने
मकवानपुर । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले मकवानपुरले यही चैत्र २५ गतेसम्म उम्मेदवार टुंगो लगाउने भएको छ । एमाले मकवानपुरको सचिवालय बैठकले सर्कुलर जारी गर्दै निर्वाचन सम्बन्धी कार्यतालिका निर्माण गरेको छ । कार्यतालिका अनुसार गाउँपालिकाको वडा कमिटिको बैठक चैत्र २३ र २४ गते...
पल शाहले दिए जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन
पोखरा । नाबालिका जवरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दिएका छन् । आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेश बदर गरी थुनामुक्त गर्न माग गर्दै शाहले मंगलबार निवेदन दिएको उच्च अदालत पोखराले जनाएको छ...
आवश्यकता र औचित्यको आधारमा गठबन्धन गर्नुपर्ने कांग्रेस बागमतीको निष्कर्ष
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशले आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनमा आवश्यकता र औचित्यको आधारमा सत्ता गठबन्धनसंग सहकार्य गर्नुपर्ने निष्कर्ष निकालेको छ । कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समिति र संसदीय समितिको काठमाडौंमा मंगलबार बसेको संयुक्त बंठकले आवश्यकता र औचित्यको आधारमा स्थानीय तहसंग समन्वय गरी सत्ता गठबन्धनसंग सहकार्य गर्नुपर्ने...
टिपरको ठक्करबाट भण्डारीको मृत्यु
बाँके । बाँकेमा आज मंगलबार टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ क ६५६ नम्वरको टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा चोकमा ठक्कर दिँदा स्थानीयवासी ७० वर्षीय वीरबल भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले...
सर्वोच्च अदालतको न्यायाधीशमा श्रेष्ठको नाम अनुमोदन
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीलप्रसाद श्रेष्ठको नाम अनुमोदन गरिएको छ । मंगलबार सिंहदरवारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्याय परिषदबाट प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश श्रेष्ठको नाम अनुमोदन गरेको हो । योग्य, क्षमतावान र अनुभवी रहेको कुरा सुनुवाइको क्रममा पुष्टि भएपछि श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि गरिएको...
मंगलबार दोहोरो अंकले घट्यो शेयर बजार
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । अघिल्लो दिन २९ अंकले घटेको शेयर बजार मंगलबार १४ दशमलव २६ अंकले घटेर २ हजार ५२७ दशमलव ५८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३८ लाख ९० हजार १३१ कित्ता शेयर किनबेच हुँद...
एकीकृत समाजवादी हेटौंडा नगर कमिटी चुनाव केन्द्रित अभियानमा
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) हेटौंडा उपहानगरपालिका कमिटी चुनाव केन्द्रित अभियानमा होमिएको छ । कमिटीको आज मंगलबार बसेको चौथो पूर्ण बैठकले निर्वाचन केन्द्रित कार्ययोजना पारित गर्दै चुनाव केन्द्रित अभियानमा होमिएको हो । बैठकले हेटौंडा उपमहानगरपालिकाको हरेक वडामा यही चैत्र १९, २०,२१ र २२ गतेभित्र भेला, घरदैलो, सदस्यता...










