मंगलबार दोहोरो अंकले घट्यो शेयर बजार

तु खबर संवाददाता
२०७८ चैत्र १५, मंगलवार १५:४४

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । अघिल्लो दिन २९ अंकले घटेको शेयर बजार मंगलबार १४ दशमलव २६ अंकले घटेर २ हजार ५२७ दशमलव ५८ विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३८ लाख ९० हजार १३१ कित्ता शेयर किनबेच हुँद १ अर्ब ७५ करोड ६ लाख २८ हजार १९९ रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४९ लाख ५८ करोड ९ सय १४ कित्ता शेयर किनबेच हुँदा आज २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८ सय १३ रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज होटल तथा पर्यटन समूहको २५.५२ रुपैयाँले बृद्धि भएर हरियाली छाएको छ । त्यस्तै, सर्वाधिक आज जीवन बीमा कम्पनीको २१९ रुपैयाँ ६३ पैसाले घटेको छ ।