समाचार
देशभरका ५१९२ जनाको नमुना परीक्षण गर्दा २६ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ५ हजार १ सय ९२ जनाको कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ३ हजार ९ सय ४० जनाको पीसीआर...
यी रोग भएका बिरामीले मासिक ५ हजार पाउने
काठमाडौं । सरकारल मृगौला प्रत्यारोपण गरेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता दिने प्रक्रिया अघि सारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यही चैत्र १३ को मन्त्रीस्तरको सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै यस्ता बिरामीले मासिक भत्ता पाउने प्रकृया अगाडि बढेको जनाएको छ । अबदेखि प्रत्यारोपण...
स्थानीय निर्वाचन : उम्मेदवारी दर्ता गराउँदा स्वघोषणा गर्नुपर्ने
काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारले मनोनयन दर्ता गराउँदा मनोनयन पत्रका साथ १९ बुँदे स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगको बुधबार बसेको बैठकले स्थानीय तहसँग सम्बन्धित कानूनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गर्दै त्यस्तो व्यवस्था गरेको हो...
भारतमा ढलको लाइनमा खसेर ४ जनाको मृत्यु
भारत । भारतको दिल्लीमा ढलको लाइनमा खसेर चार जनाको मृत्यु भएको छ । उनीहरुको मृत्यु भएको दिल्ली फायर सर्भिसका वरिष्ठ अधिकारीले बुधबार पुष्टि गरेका छन् । ती श्रमिकहरू पश्चिम दिल्लीको रोहिणी क्षेत्रमा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी महानगर टेलिफोन निगम लिमिटेडको टेलिफोन र ब्रोडब्यान्ड केबल बिछ्याउँदै थिए । दुर्घटना मङ्गलबार...
बिहीबार सत्ता गठबन्धनको बैठक बस्ने
काठमाडौं । सत्ता गठबन्धन दलको बैठक बिहीबार बस्ने गरी बोलाइएको छ । स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । बैठक बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाइएको हो । आगामी बैशाख ३० गते एकै पटक देशभरका ७५३ वटा स्थानीय तहमा...
पत्रकारको निःशुल्क उपचारको व्यवस्था कार्यान्वयन गर्ने मन्त्री खतिवडाको प्रतिबद्धता
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको व्यवहारिक रुपमै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री खतिवडाले नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासंघको सदस्य रहेका पत्रकारलाई ‘उपचार सुविधा परिचयपत्र’ का आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा...
दोहोरो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा हरियाली छाएको छ । यस साता लगातार गिरावट आएको पूँजी बजारमा आज नेप्से परिसूचक ४० दशमलव ६८ अंकले बढेर २ हजार ५६८ दशमलव २५ विन्दुमा पुगेको छ । नेप्से परिसूचक आज लामो समय अन्तरालपछि १.६१ प्रतिशतले बढ्न पुगेको हो । नेप्सेमा...
हेटौंडामा खुल्ला नकआउट ७ ‘ए’ साइट फुटबल प्रतियोगिता आजबाट सुरु
मकवानपुर । हेटौंडामा खुल्ला नकआउट ७ ‘ए’ साइट फुटबल प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता नेपाल राष्ट्रिय खेलकुद महासंघ जिल्ला कमिटी मकवानपुर र भुटनदेवी युवा क्लवको संयुक्त आयोजनामा बुधबारबाट सुरु भएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्राचौरमा भएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले...
ट्याक्टरबाट खसेर हेटौंडाका मोक्तानको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ पुतलीडिकमा गसडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ बस्ने २३ वर्षीय राजेश मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, गएराती नागसोतीबाट कमानेतर्फ जाँदै गरेको ना ४ त ६९१०...
बलेफी हाइड्रोपावरको आईपिओ खुल्यो
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको ले आज (बुधबार) बाट सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुल्ला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि १८ लाख २७ हजार कित्ता आईपीओ बिक्रि खुला गरेको हो । कम्पनीले कुल १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ मध्ये ४ प्रतिशत अर्थात् ७३...










