भारतमा ढलको लाइनमा खसेर ४ जनाको मृत्यु

एजेन्सी
२०७८ चैत्र १६, बुधबार १६:२८

भारत । भारतको दिल्लीमा ढलको लाइनमा खसेर चार जनाको मृत्यु भएको छ । उनीहरुको मृत्यु भएको दिल्ली फायर सर्भिसका वरिष्ठ अधिकारीले बुधबार पुष्टि गरेका छन् ।

ती श्रमिकहरू पश्चिम दिल्लीको रोहिणी क्षेत्रमा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी महानगर टेलिफोन निगम लिमिटेडको टेलिफोन र ब्रोडब्यान्ड केबल बिछ्याउँदै थिए । दुर्घटना मङ्गलबार साँझ भएको थियो भने उद्धार कार्य रातभर जारी रहेको थियो ।