हेटौंडामा खुल्ला नकआउट ७ ‘ए’ साइट फुटबल प्रतियोगिता आजबाट सुरु
मकवानपुर । हेटौंडामा खुल्ला नकआउट ७ ‘ए’ साइट फुटबल प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता नेपाल राष्ट्रिय खेलकुद महासंघ जिल्ला कमिटी मकवानपुर र भुटनदेवी युवा क्लवको संयुक्त आयोजनामा बुधबारबाट सुरु भएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्राचौरमा भएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले गरेका हुन् । प्रतियोगितामा २४ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजेता हुनले नगद ५० हजार रुपैयाँ र उपविजेता हुनेले २६ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै व्यक्तिगत विधामा उत्कृष्ट हुनेलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
उद्घाटन कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, नेकपा एमाले मकवानपुरका सचिव तथा वडा नम्वर—४ का वडा अध्यक्ष नविन सिग्देल, नेपाल खेलकुद महासंघका निवर्तमान उपमहासचिव तथा केन्द्रीय आयोजक कमिटी सदस्य धरम लामा, नेकपा एमाले मकवानपुर सचिवालय सदस्य फुर्वा लामा, खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्की, नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य सन्तोष चौलागाई, सचिवालय सदस्य मिलन पाठक लगायतको आथित्यता रहेको थियो ।
