समाचार
देशभरका ४९५१ जनाको नमुना परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ५१ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ३ हजार ६ सय २३ जनाको पीसीआर परीक्षण...
चिकित्सा शिक्षा स्नातकको परीक्षा भोलिदेखि सुरु हुने
काठमाडौं । चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा भोलि शुक्रबारबाछ सुरु हुँदैछ । परीक्षा भोलिदेखि आइतबारसम्म संचालन हुनेछ । परीक्षामा ३४ हजार ६ सय ६५ परीक्षार्थीहरु सहभागी हुने चिकित्सा शिक्षा आयोगले जनाएको छ । आयोगका अनुसार पहिलो दिन १९ हजार ५०८, दोस्रो दिन १२ हजार २६२ र तेस्रो...
दुर्घटनामा दुई जनाको मृत्यु, ३ जना घाइते
वीरगञ्ज । पर्सामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखरिया नगरपालिका–३ स्थित पोखरिया–लंगडी सडकखण्डमा बिहीबार ना ३ प १०२६ र प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर दुई वटै...
स्रोत नखुलेको ६३ लाखसहित तीन जना पक्राउ
जलेश्वर । विगत पाँच दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको ६३ लाख रुपैयाँसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले गत आइतबार ५५ लाख रुपैयाँसहित दुई जना र बिहीबार ८ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्डको औरहीमा गत आइतबार दिउँसो स्रोत नखुलेको...
बिहीबार २३ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयर बजार राताम्य भएको छ । बुधबार ४० अंकले बढेर हरियाली छाएको शेयर बजार आज २३ दशलवल ९५ अंकले घट्न पुगेको हो । बिहिबार नेप्से परिसूचक शुन्य दशमलव ९३ प्रतिशतले घटेर २५४४ दशमलव ३० विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत...
मकवानपुर र सिन्धुली जोड्ने पुल शुक्रबारदेखि तीन दिन बन्द हुने
मकवानपुर । बागमती प्रदेशको मकवानपुर र सिन्धुली जिल्लाको सिमानामा निर्माण भइरहेको बागमती पुल भोलि शुक्रबारदेखि तीन दिन बन्द रहने भएको छ । धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ४ र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्वर ४ जोड्ने उक्त पुलमा कालोपत्र गर्नुपर्ने भएकालेले शुक्रबारदेखि आइतबारसम्म सवारीसाधन संचालनमा...
हेटौंडाका ढकालको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ नेवारपानीस्थित आज (बिहीबार) बिहान बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मोरङ उर्लाबारीबाट काठमाण्डौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १३६५ नम्वरको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका...
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।...
कार दुर्घटनामा एकको मृत्यु, ५ जना घाइते
सर्लाही । सर्लाहीको लाबन्दीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक भारतको सितामढी जिल्लाको बयलडाबड धनुषी–२, का अन्दाजी २२ वर्षीय नवीन यादव रहेका छन् । पूर्वपश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका–१७, स्थित कालिन्जोर पुल नजिकै भारतीय नम्बर प्लेट बिआर ०६ बिएम १५ ३७ नम्बरको कार...
चार जिल्लाका सीडीओको सरुवा
काठमाडौं । गृह मन्त्रालयले चार जिललाका सीडीओको सरुवा गरेको छ । मन्त्रालयले बर्दिया, प्यूठान, अर्घाखाँची र कपिलवस्तुका सीडीओहरुको सरुवा गरेको हो । गृहमन्त्रालय स्रोतका अनुसार बर्दियामा बन्धुप्रसाद बास्तोला, प्यूठानमा सुनिता नेपाल, अर्घाखाँचीमा शशिधर घिमिरे र कपिलवस्तुमा धर्मेन्द्र कुमार मिश्रलाई सीडीओ बनाएर पठाइएको छ । यसअघि बर्दियामा सीडीओ रहेका सन्तबहादुर...









