मकवानपुर र सिन्धुली जोड्ने पुल शुक्रबारदेखि तीन दिन बन्द हुने
मकवानपुर । बागमती प्रदेशको मकवानपुर र सिन्धुली जिल्लाको सिमानामा निर्माण भइरहेको बागमती पुल भोलि शुक्रबारदेखि तीन दिन बन्द रहने भएको छ । धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ४ र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्वर ४ जोड्ने उक्त पुलमा कालोपत्र गर्नुपर्ने भएकालेले शुक्रबारदेखि आइतबारसम्म सवारीसाधन संचालनमा रोक लगाइएको स्वच्छन्द निर्माण सेवाका सुपरभाइजर सन्तोष सापकोटाले जानकारी दिए ।
उनका अनुसार, चैत्र महिनासम्मामा निर्माणको काम सकेर बैशाख १५ गते पुल शिलान्यास गर्ने तयारी भइरहेकोले तीन दिन उक्त निर्माण पुलमा सवारीसाधन संचालनमा रोक लगाइएको हो । २०६८ असार २९ गते २० करोड ६२ लाख रुपैयाँमा सम्झौता गरेको उक्त पुल निर्माण सम्पन्न भएमा हेटौंडा हुँदै बागमती प्रदेशका सिन्धुली, रामेछाप तथा उदयपुर, ओखलढुङ्गा, खोटाङ, सुनसरीको धरान पुग्ने सहज हुनेछ ।
