समाचार
थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोग गठन, कुन प्रदेशमा कति थपिए ?
काठमाडौं । नेपाल सरकारले थप ४३ वटा जिल्लामा राष्ट्रिय भूमि आयोग गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार, थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोग गठन गरेको हो । प्रदेश नम्बर १ का चार, मधेशका ८, बागमतीका ५, गण्डकीका ६, लुम्बिनीका ५, कर्णालीका ८ र सुदूरपश्चिमका ७ जिल्लामा...
आज यी स्थानमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बिहान प्रदेश १, मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ । यस्तै, आज दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी...
प्रधानमन्त्री देउवा दिल्ली जाँदै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज दिउँसो भारतको औपचारिक भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री देउवा ५० सदस्यीय टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा जान लागेका हुन् । पाँचौ पटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । प्रधानमन्त्री देउवा आज अपराह्न नेपाली टोलीको नेतृत्व गर्दै तीन दिने भ्रमणका लागि...
हेटौंडामा आइतबारबाट सुरु हुने भनिएको मेयर कप फुटबल स्थगित
मकवानपुर । हेटौंडामा यही चैत्र २० गते आइतबारबाट सुरु हुने भनिएको मेयर कप फुटबल प्रतियोगिता स्थगित भएको छ । नगर खेलकुद विकास समितिका सदस्य सचिव हिमप्रसाद पौडेलले बिहीबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । स्थानीय तहको निर्वाचन नजिकिएकोले प्रतियोगिता आयोजना गर्न नसकिने भएकोले अर्को सूचना...
हेटौंडा–२ का ज्येष्ठ नागरिकलाई सम्मान
मकवानपुर । नेपाली कांग्रेस श्रृष्टी टोल समिति हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ ले ४८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । कांग्रेसको ‘घरघर जाउँ, कांग्रेस जिताउँ’ अभियान अन्तरगत बिहीर एक कार्यक्रमको आयोजना गरी वडाभित्र रहेका ७५ वर्ष भन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको समितिकी अध्यक्ष कल्पना रिजालले...
निर्माण व्यवसायी संघ मकवानपुरद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरले विभिन्न माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । संघले निर्माण सामग्रीमा भएको मुल्यवृद्धि, सार्वजनिक खरिद नियमावली २०६४ को एघारौँ संशोधनको त्रुटि सच्याउने, बीमाको प्रिमियम दरमा भएको मुल्यवृद्धि र राजस्व सम्बन्धमा केही बुँदाहरू संशोधन एवं मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको...
मानव अधिकार एलायन्स मकवानपुरको अध्यक्षमा न्यौपाने
मकवानपुर । नेकपा (एमाले) को जनवर्गीय संगठन राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) मकवानपुरको अध्यक्षमा रामचन्द्र न्यौपाने चयन भएका छन् । एलायन्सको बिहीबार भएको छैठौं जिल्ला अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । यस्तै, अधिवेशनवाट उपाध्यक्षमा राधिका चौलागाई, सचिवमा सम्राट सिलवाल,...
एआईजी बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । बढुवामा नपरेका डीआईजी ईश्वरबाबु कार्कीले गैरकानुनी रुपमा एआईजी बढुवा गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दिएका हुन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा...
भीमफेदी कारागारलाई स्वास्थ्य सामाग्री सहयोग
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ६ स्थित भीमफेदी कारागारलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । कारागारलाई सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगर एवम् सेवाको लागि युवा मकवानपुरले संयुक्त रुपमा स्वास्थ्य सामाग्री सहयोग गरेको हो । कारागारलाई अक्सिजन सिलिन्डर, गोल्प्स, माक्स, सेनिटाइजर र...
बीमापोष्टका सम्पादक न्यौपाने सम्मानित
काठमाडौं । बीमापोष्ट डटकमका सम्पादक नबराज न्यौपाने इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । पत्रकार न्यौपाने जनपक्षिय पत्रकारितामार्फत योगदान पुर्याएवापत रिपोर्टस क्लब नेपालले स्थापना गरेको कृष्णसेन इन्चुक स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् । क्लबको २४ औं वार्षिकोत्सको अवसरमा आयोजित कार्यक्रममा न्यौपानेलाई सम्मान गरिएको हो । पत्रकार न्यौपानलाई...









