समाचार

तु खबरको पाँचौँ वार्षिक उत्सव: अन्नपूर्ण पोष्टका सम्पादक भण्डारीसहित ६ जना पुरस्कृत

मकवानपुर । हेटौंडाबाट सञ्चालित तु खबर डटकमको ५ औँ वार्षिक उत्सवको अवसरमा ५ जना पत्रकार र एक जना छापाखानामा कार्यरत कर्मचारी पुरस्कृत भएका छन् । स्टेट भिजन प्रा.लिको आयोजनामा शनिवार हेटौंडामा आयोजित वार्षिक उत्सव एवम् पत्रकारिता पुरस्कार वितरण समारोहमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नगद र प्रमाणपत्रसहित पत्रकारहरुलाई पुरस्कृत...

म्यादी प्रहरी बनाइदिने भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ

जनकपुरधाम । सर्लाहीमा म्यादी प्रहरीमा भर्ना गराइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रनगर गाउँपालिका – ७ बस्ने ३१ वर्षीय दीपेन्द्र चौधरी रहेका छन् । चौधरीले म्यादी प्रहरी भर्ना छनोट हुने स्थलमै पुगेर ५ हजार÷७ हजार रुपैयाँ लिई भर्ना गराइदिन्छु भन्दै आएको...

मकवानपुरमा एक जनाको शव फेला

मकवानपुर । मकवानपुरमा आज (शनिबार) बिहान एक जनाको शव फेला परेको छ । जिल्लाको बागमती गाउँपालिका वडा नम्वर ८ शान्तिपुर बस्ने ३५ वर्षीय पाल्टेन थोकर आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । थोकर आफ्नै घरबाट अन्दाजी ५०...

कांग्रेस बागमतीद्वारा निर्वाचन परिचालन समिति गठन

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशले स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ । कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँले शुक्रबार समितिको गत चैत्र १५ गते बसेको बैठकको निर्णय अनुसार निर्वाचन परिचालन समिति गठन गरेको कांग्रेस बागमती प्रदेश कार्यालय हेटौंडाले जनाएको छ । सभापति बानियाँले आफ्नो संयोजकत्वमा ३६ सदस्यीय...

विद्यालय विवरण पठाउन स्थानीय तहलाई शिक्षा विकास केन्द्रको निर्देशन

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विदालय विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिएको छ । केन्द्रले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कार्यक्रम तर्जुमा गर्न विद्यालयहरुको आधारभूत विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिएको हो । केन्द्रले सूचना जारी गर्दै विवरण चैत्र २२ गते भित्र अनलाइनमार्फत अद्यावधिक गर्न...

शनिबारदेखि जनकपुर–जयनगर रेल संचालन हुने

जनकपुरधाम । जनकपुर–जयनगर रेल शनिबारदेखि संचालनमा आउने भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले शनिबार भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरेपछि रेल संचालनमा आउनेछ । जनकपुरधाम रेल्वे स्टेशनमा हुने रेल उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको रेल्वे विभागका महाप्रबन्धक निरञ्जन झाले बताए । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री...

अनेरास्ववियू मकवानपुर क्याम्पस कमिटीको पूर्ण बैठक सम्पन्न

मकवानपुर । अनेरास्ववियू मकवानपुर बहुमुखी क्याम्पस कमिटीको पहिलो पूर्ण बैठक सम्पन्न भएको छ बैठकले विश्वास पराजुलीको संयोजकत्वमा ४३ सदस्यीय कमिटी गठन गरेको छ । बैठकले कमिटीको सह–संयोजकमा दिपेश कार्की, सचिवमा प्रशन्न श्रेष्ठ, सहसचिवमा निशान्त भण्डारी, मनोज घलान र अमृता छत्कुलि र कोषाध्यक्षमा अनिष थिगंलाई चयन गरेको छ । कमिटीका...

३८३५ जनाको परीक्षण गर्दा २२ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ३ हजार ८ सय ३५ जनाको कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ५ सय १६ जनाको पीसीआर र...

माटोको ढिस्कोमा पुरिएर एक बालकको मृत्यु

धनगढी । डोटीमा माटोको ढिस्कोमा पुरिएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा केआइसिंह गाउँपालिका–४ कारीगाउँका बस्ने १३ वर्षीय बालक दिनेश विक रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बिहीबार घर पोत्नका लागि माटो लिन गएका उनी ढिस्कोमा पुरिएर गम्भीर घाइते भएका थिए । घाइते उनको अस्पतालमा...

कांग्रेसको कार्यबाहक सभापति पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् । सभापति शेरबहादुर देउवा शुक्रबार भारत प्रस्थान गरेपछि पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी खड्काले पाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३) बमोजिम देउवा स्वदेश नफर्कुञ्जेल सम्मका...