समाचार

हेटौंडा नगरमा गठबन्धन दलको बैठक, उम्मेदवार छिट्टै टुङ्ग्याउने

मकवानपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धन दल कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी (जसपा) नेतृत्व दलले हेटौंडा उपमहानगरपालिकामा भित्र उम्मेदवार टुङ्ग्याउन छलफल गरेको छ । नेपाली कांग्रेस हेटौंडा नगर सभापति उत्सव इटेनीको संयोजकत्वमा बसेको बैठकले बैशाख २२ गतेभित्र उम्मेदवार टुङ्ग्याएर...

प्रेस सेन्टर मकवापनुरले तोक्यो निर्वाचन लक्षित कमाण्ड

मकवानपुर । प्रेस सेन्टर मकवानपुरले आसन्न निर्वाचन लक्षित समाचार संयोजनका लागि कमाण्ड तोकेको छ । सेन्टरले जिल्ला अन्तर्गत रहेका ८ वटा गाउँपालिका तथा २ वटा नगरपालिकामा समाचार संयोजनका लागि कमाण्ड तोकेको हो । शनिबार बसेको सेन्टरको बैठकले कमाण्ड तोकिएको हो । बैठकले जिल्ला कमाण्डमा केन्द्रीय सदस्य कृष्ण सारु मगर,...

राक्सिराङका जनप्रतिनिधिले त्यागे सरकारी सुविधा

मकवानपुर । कार्यकालको अन्तिमतिर आउँदै गर्दा मकवानपुरको राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिले आफूहरुले पाउँदै आएको सरकारी सुविधा त्यागेको स्वघोषणा गरेका छन् । शनिबार राक्सिराङ–९ स्थित गैजुराङमा अन्तिम कार्यपालिका बैठक बस्दै जनप्रतिनिधि भएबापत आफूहरुलाई प्राप्त भएको सरकारी सवारी तथा तलब भत्ता त्याग गरेको घोषणा गरेका हुन् । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, ९ वटै...

मकवानपुरका आचार्य लेखक संघको केन्द्रीय सदस्यमा निर्वाचित

मकवानपुर । मकवानपुर साहित्यकार हयग्रीव आचार्य नेपाली लेखक सङ्घको केन्द्रीय सदस्यमा पुनः निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न सङ्घको सातौं राष्ट्रिय अधिवेशनबाट आचार्य खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । अधिवेशनले कवि तीर्थ श्रेष्ठलाई आगामी ३ वर्षका लागि अध्यक्षमा निर्विरोध चयन गरेको छ । यस्तै, सहअध्यक्ष डा. रत्नमणि...

सहकारी दिवसको अवसरमा हेटौंडा अस्पतालका बिरामीलाई फलफुल

मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालका बिरामीहरुलाई शनिबार बिहान फलफलु वितरण गरिएको छ । ६५ औं सहकारी दिवसको अवसरमा बागमती प्रदेश मूल समारोह समितिद्वारा आयोजित तीन दिवसीय कार्यक्रमअन्तर्गत आज दोस्रो दिन हेटौंडा अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको हो । कार्यक्रम जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी...

औषधि व्यवसायी संघ मकवानपुरको प्रथम भेला हेटौंडामा सम्पन्न

मकवानपुर । नेपाल औषधि व्यवसायी संघ मकवानपुरको प्रथम भेला शनिबार हेटौंडामा सम्पन्न भएको छ । भेला संघका अध्यक्ष नारायणलाल श्रेष्ठको अध्यक्षता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रजिअ पाण्डेले औषधि व्यवसाय संवेदनशील व्यवसाय भएकाले आफु सचेत रही प्रशासनमा गुनासो नआउने...

प्रधानमन्त्री देउवा र मोदीले संयुक्त रुपमा गरे रु पे कार्डको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री शेरबहादुर देउवाले संयूक्त रुपमा रु पे कार्डको उद्घाटन गरेका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले विश्वव्यवापी भुक्तानी कार्डको शनिबार उद्घाटन गरेका हुन् । ७० करोड भारतीयले प्रयोग गर्ने दाबी गरिएको सो कार्ड नेपालमा एसबिआई बैंकमार्फत चल्ने...

सशक्त पत्रकारिता नै समाज परिवर्तनको सम्वाहक: प्रदेश प्रमुख शर्मा

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सञ्चार माध्ययमहरुले नागरिकहरुको सुसूचित हुने अधिकारको प्रर्वद्धन गरिरहेको बताउँदै आगामी दिनमा थप सशक्त र जनताप्रति जवाफदेहीपूर्ण ढंगबाट सञ्चार क्षेत्र अघि बढ्नुपर्ने सुझाव दिएका छन् । स्टेट भिजन प्रा.लि.द्वारा सञ्चालित तु खबर डटकमको पाँचौँ वार्षिक उत्सव तथा पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै...

ट्याङकरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

ललितपुर । ललितपुर महानगरपालिका–७ ग्वार्कोमा ट्याङकरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मङ्गलबजार बस्ने ४२ वर्षीय राज महर्जन रहेका छन् । शुक्रबार बेलुकी बा २ ख ६५१० नम्वरको ट्याङकरले पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते उनलाई उपचारको लागि पाटन अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु...

प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय वार्ता सुरु भएको हो । वार्तापछि प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर रेल सुरुआत गर्ने कार्यक्रम छ भने नेपालमा भूकम्पपछि भारतीय...