सहकारी दिवसको अवसरमा हेटौंडा अस्पतालका बिरामीलाई फलफुल

तु खबर संवाददाता
२०७८ चैत्र १९, शनिबार १६:०२

मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालका बिरामीहरुलाई शनिबार बिहान फलफलु वितरण गरिएको छ । ६५ औं सहकारी दिवसको अवसरमा बागमती प्रदेश मूल समारोह समितिद्वारा आयोजित तीन दिवसीय कार्यक्रमअन्तर्गत आज दोस्रो दिन हेटौंडा अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको हो ।

कार्यक्रम जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपानेको अध्यक्षता तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी महाशाखाका रजिष्ट्रार नारायणप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा मुल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटा, अस्पतालका रजिष्ट्रार राजेश प्रसाई, जिल्ला सहकारी संघका पुर्व अध्यक्ष बद्रीप्रसाद लम्साल, प्रदेश बचत संघका उपाध्यक्ष राधा सिन्तान, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष धर्मराज लामिछाने, प्रदेश सहकारी संघका सदस्य मेनुका दाहाल, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल, नेफ्स्कुन हेटौंडा फिल्डका सदस्य राजु गौतम लगायतको उपस्थिति रहेको थियो ।

तीन दिवसीय कार्यक्रम अन्तरगत पहिलो दिन हिजो शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । यस्तै, भोली बिहान हेटौंडाको भुटनदेवी माविको चौरबाट ¥याली निकालेर रोयल पार्टी प्यालेसमा प्रवचन तथा सम्मान वितरण गरिने र साँझमा प्रदेशभरका सहकारीसंघ–संस्थाले कार्यालय परिसरमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको मुल समारोह समितिका संयोजक देवकोटाले जानकारी दिए ।