समाचार

कांग्रेस मकवानपुरको कोषाध्यमा गौतम मनोनित, कार्यसम्पादन र संसदीय समिति गठन

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको आइतबार बसेको जिल्ला कार्यसमितिको दोश्रो बैठकले कोषाध्यक्षसहित, कार्यसम्पादन समिति, संसदीय समिति र २ वटा विभागको संयोजक मनोनित गरेको छ । सभापति बुद्ध लामाको अध्यक्षतामा बसेको दोश्रो जिल्ला कार्यसमिति बैठकले कोषाध्यक्षमा होमनाथ गौतमलाई मनोनित गरेको हो । त्यसैगरी बैठकले पदाधिकारीसहित १३ सदस्यीय जिल्ला संसदीय समिति...

सहकारी अभियान्ता र सहकारीलाई सम्मान

मकवानपुर । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी अभियान्ता र सहकारी संस्थालाई सम्मान गरिएको छ । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नारासहित बागमती प्रदेश मूल समारोह समितिद्वारा आयोजित तीन दिवसीय कार्यक्रमअन्तर्गत आज तेस्रो दिन हेटौंडामा भएको कार्यक्रममा सहकारी अभियान्ता र विभिन्न सहकारीलाई सम्मान गरिएको हो । सहकारी...

कोसेली नेपाली साँस्कृतिक परिवार यूकेको अध्यक्षमा थापा

बेलायत । कोसेली नेपाली साँस्कृतिक परिवार बेलायतको वार्षिक साधारणसभा सम्पन्न भएको छ । विशेषगरी नेपाली भाषा, कला, साहित्य, गायत र नृत्यलाई निरन्तरता दिँदै आएको उक्त संस्थाले शनिवार साधारणसभा सम्पन्न गरेको हो । सोही अवसरमा रुबी थापाको अध्यक्षतामा संस्थाको नयाँ कार्यसमिति चयन गरिएको छ । थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति...

स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । सुनसरीमा स्कुल बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । आइतबार बिहान कान्छीचोकबाट विद्यार्थी लिन चतरा गएको को १ क १८६६ नम्बरको बेबिलोन सेकेन्डरी बोडिङ स्कुलको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ईटहरी उपमहानगरपालिका–१८ नयाँटोल बस्ने ५५ वर्षीया मेहरून खातुन रहेको...

बैंकिङ मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं । प्रहरी बैंकिङ मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको सन्दरकपुर गाउँपालिका–४ भोटेगाउँ घर भई हाल तार्केश्वर नगरपालिका–५ लोलाङ बस्ने ४२ वर्षीय डाकमान गुरूङ रहेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आइतबार बौद्धबाट पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७८ फागुन...

इनारमा डुबेर एक जनाको मृत्यु

दाङ । दाङमा आइतबार बिहान इनारमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–२ रामपुर निमोरियाका ३४ वर्षीय होमनारायण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चौधरीले बिहान साढे ८ बजे इनारमा हामफालेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नेपाली सेना र...

फेरी बढ्यो गाडी भाडा, कुन रुटमा कति पुग्यो ?

काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने लामो दूरीका सार्वजनिक सवारीको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार सार्वजनिक सवारी साधनको भाडा १५ प्रतिशतसम्म बढाएको हो । सरकारले यात्रुबाहक सवारी साधनको भाडा भने १० प्रतिशतले बढाएको छ । पहाडमा मालबाहक सवारीका लागि...

नेप्से ३० अंकले घट्दा १ अर्ब ४६ करोडको मात्रै कारोबार

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा उच्च गिरावट आएको छ । गत साता २३ अंकले घटेर बन्द भएको नेप्से आज ३० दशमलव ८९ अंकले घटेर २ हजार ५१३ दशमलव ४१ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर किनबेच हुँदा...

थप २३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ६ हजार ९ सय ९ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ५ हजार ८ सय ४७ जनाको...

कांग्रेस बागमतीद्वारा स्थानीय तह निर्वाचन प्रदेश प्रचार समिति गठन

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले स्थानीय तह निर्वाचन बागमती प्रदेश प्रचार समिति गठन गरेका छन् । सभापति बानियाँले सोमबार कांग्रेस प्रदेश कार्यसमितिका सदस्य तथा प्रवक्ता तिलकप्रसाद रुवालीको संयोजकत्वमा ३७ सदस्यीय प्रचार समिति गठन गरेको कांग्रेस बागमती प्रदेश कार्यालय हेटौंडाले जनाएको छ । प्रचार समितिको सदस्यहरुमा...