थप २३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप २३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ६ हजार ९ सय ९ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा ५ हजार ८ सय ४७ जनाको पीसीआर र १ हजार ६२ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जनाका संक्रमण पुष्टि भएको हो । त्यस्तै, सो अवधिमा ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ६१५ पुगेको छ । तीमध्ये हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ पुगेको छ भने ९ लाख ६५ हजार ६२५ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ८ सय ९९ जना रहेका छन् । जसमध्ये ८ सय ५८ जना होम आइसोलेसनमा र ४१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १५ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
