समाचार
मंगलबार यी तीन प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । देशको प्रदेश नं १ को पहाडी भू–भागमा आंशिक बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । मंगलबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको...
स्थानीय तह निर्वाचन : ७७ प्रकारका मतपत्र छपाइ हुने
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ७७ प्रकारका मतपत्र छपाइ गर्ने भएको छ । आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुल २३ लहर समुहका ७७ प्रकारका मतपत्र छपाइ गर्ने जानकारी दिएका हुन् । उनका अनुसार, एक करोड ९४ लाख थान मतपत्र छपाइ हुनेछ...
बारको मतगणना आज बिहान ९ बजेदेखि सुरु
काठमाडौं । नेपाल बार एशोसिएशनको २६ औं केन्द्रीय कार्यसमितिको निर्वाचन लागि आजदेखि मतगणना सुरु हुने भएको छ । नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार, बिहान ९ बजेदेखि मतगणना सुरु हुने भएको हो । ३४ केन्द्रबाटै मतपेटिका काठमाडौं केन्द्रमा आइपुगेको छ । बारको...
तल्लो थानाभर्याङमा स्ल्याब ढलान
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित तल्लो थानाभर्याङको दुई छुट्टाछु्टटै स्थानमा स्ल्याब ढलान गरिएको छ । उक्त स्थानमा क्रमशः २८० र ७० मिटर स्ल्याब ढलान गरिएको हो । हेटौंडा उपमहानगरपालिका र स्थानीयको लगानीमा स्ल्याब ढलान निर्माण भएको तल्लो थानाभर्याङ टोल विकास संस्थाका अध्यक्ष बोझबहादुर पण्डितले जानकारी दिए...
हेटौंडामा मखमलको जुत्ता बनाउने तालिम सुरु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मा ७ दिने मखमलको जुत्ता बनाउने तालिम सुरु भएको छ । तालिम महिला जागरण समूह हेटौंडा–९ को आयोजनामा आज (सोमबार) बाट सुरु भएको हो । तालिमको हेटौंडा उपमहानगरपालिका हेटौंडा–९ का वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले उद्घाटन गरेका हुन् । चैत्र २७ गतेसम्म संचालन...
हेटौंडामा दुग्ध व्यवसाय विस्तार सम्बन्धि अन्तरक्रिया
मकवानपुर । हेटौंडमा सोमबार दुग्ध उत्पादक कृषक व्यापारी तथा सरोकारवालाबीच व्यवसाय विस्तार सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको छ । अन्तरक्रिया कार्यक्रम हेटौंडाको कान्तिराजपथस्थित कृषि विकास बैंकको आयोजना तथा क्षिरसागर दुग्ध उत्पादक सहकारी संख्या लिमिटेड हेटौंडा–११ ले सहकार्य भएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित थानाभर्याङमा भएको कार्यक्रममा दुधजन्य...
लागूऔषधसहित किशोर पक्राउ
सिन्धुपाल्चोक । सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट लागुऔषध नाइट्रोभेटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका–३ घर भएका १९ वर्षीय फुल महमद अन्सारी रहेका छन् । बर्दिबासबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ३८७४ नम्बरको सुमोमा सवार अन्सारीको साथबाट ६ सय ट्याब्लेट नाइट्रोभेट बरामद गरिएको जिल्ला...
स्थानीय तह निर्वाचन : मतदाता शिक्षा निर्देशिका स्वीकृत
काठमाडौं । निर्वाचन आयोग नेपालले निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत गरेको छ । आयोगले स्थानीय तह निर्वाचन २०७९ लाई व्यवस्थित र प्रभावकारी तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत गरी कार्यान्वयनमा गरेको हो । सोमबार आयोगमा भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता...
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव ९४ अंकले घटेर २ हजार ४९७ दशमलव ४७ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३४ लाख २९ हजार ९१७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५८ करोड...
हेटौंडा–९ मा चैत्र २५ गतेबाट टाइफाइडविरुद्धको खोप लगाइने
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मा यही चैत्र २५ गतेबाट टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । देशब्यापी रुपमा सुरु भएको टाइफाइड रोगविरुद्धको खोप लगाउने अभियानअनतरगत हेटौंडा–९ मा चैत्र २५ गते खोप लगाइने भएको लामसुरे शहरी स्वास्थ्य केन्द्र हेटौंडा–९ की इन्चार्ज मिना कुमारीले जानकारी दिइन् । चैत्र ३०...







