लागूऔषधसहित किशोर पक्राउ
सिन्धुपाल्चोक । सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट लागुऔषध नाइट्रोभेटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका–३ घर भएका १९ वर्षीय फुल महमद अन्सारी रहेका छन् ।
बर्दिबासबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ३८७४ नम्बरको सुमोमा सवार अन्सारीको साथबाट ६ सय ट्याब्लेट नाइट्रोभेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
