समाचार

बुधबार ४६ अंकले घट्यो शेयरबजार

काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले मात्र घटेको नेप्से परिसूचक आज ४६ दशमलव ४६ अंकले घटेर २ हजार ४५२ दशमलव ०६ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयर किनबेच हुँदा...

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कास्की । कास्कीको पोखरा महानगरपालिका–६ खहरेमा आज (मंगलबार) बिहान मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान ४ बजेको समयमा बागमती प्रदेश ०२–०२९ प ०९३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक...

हेटौंडा सिमेन्टको महाप्रवन्धकको लागि ३ जनाको नाम मन्त्रिपरिषदमा

मकवानपुर । हेटौंडा सिमेन्टको महाप्रबन्धक छनौट समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा पठाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा पठाएको हो । समितिले बसन्तकुमार पाण्डे, भरत रेग्मी र भूपेन्द्रप्रसाद अर्यालको नाम पेस भएको मन्त्रालयले जनाएको छ । सरकारले माघ २६ गते प्रतिस्पर्धात्मक...

स्थानीय तहका उम्मेदवार तत्काल नतोक्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहका उम्मेदवार तत्काल नतोक्न निर्देशन दिएको छ । कांग्रेसले सबै जिल्ला समितिलाई पत्राचार गर्दै कांग्रेसले उम्मेदवार सिफारिसलगायतका काम गरे पनि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार भने तत्काल नरोक्न निर्देशन दिएको हो । कांग्रेसको विधान अनुसार वडाध्यक्ष र वडासदस्यको उम्मेदवार प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिले चयन...

दुर्घटनामा भाइको मृत्यु, दाइ घाइते

सल्यान । सल्यानमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दारिमचौरबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज ३३६ नम्बरको जिप घुम्तीबाट १५ मिटर तल खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा शारदा नगरपालिका १ दारिमचौरका...

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं । स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट सुरु भएको हो । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने नीतिगत निर्णय सत्ता गठबन्धनका पाँच दलले गरिसकेका छन् । आजको...

संविधान दिवसमा घोषणा गरिएको विभूषण बैशाखमा प्रदान गरिने

काठमाडौं । संविधान दिवसको अवसरमा गत असोज ३ गते घोषणा गरिएको विभूषण आगामी बैशाखमा प्रदान गरिने भएको छ । उक्त विभूषण आगामी बैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत प्रदान गरिने भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, विभूषण प्रदानका लागि बैशाख १ गते बिहान राष्ट्रपति निवासमा कार्यक्रमको आयोजना...

हेटौंडाका दुई जना खेलाडीलाई नगदसहित सम्मान

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका दुई जना खेलाडीलाई नगदसहित सम्मान गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बक्सर खेलाडी शुशीला घिमिरे र बक्सर रेफ्री लालबहादुर पौडेललाई नगदसहित सम्मान गरेका हुन् । मेयर महतले सोमबार एक कार्यक्रमबीच उनीहरु दुबै जनालाई जनही ४० हजार रुपैयाँसहित सम्मान गरेको जानकारी दिए । हेटौंडाको...

‘जिसस मकवानपुरले अभिभावकको भुमिका निर्वाह गरेको छ’

मकवानपुर । मकवानपुरका स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुले वितेको ५ वर्षमा जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले अभिभावकाको भुमिका निर्वाह गरेको बताएका छन् । सोमबार जिसस मकवानपुरद्धारा आयोजित स्थानीय तह समन्वय बैठकमा सहभागी स्थानीय तहका प्रमुख÷उप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत सहभागीहरुले मकवानपुरको समृद्धि र विकासका लागि जिसस मकवानपुरले मार्गदर्शकको रुपमा भुमिका निर्वाह गरेको...

मकवानपुरको विकट गाउँ पार्सिबाङमा बिजुली बत्ती पुग्यो

मकवानपुर । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ पार्सिबाङ रुन्चेबुङमा पहिलोपटक बिजुली बत्ती पुगेको छ । अति सिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिका–९ को पार्सिबाङ रुन्चेबाङमा मुख्य लाइन अझै जडान हुन नसक्दा पेल्ट्रिक सेटमार्फत बिजुली पुर्याइएको हो । बिजुली नभएकोले त्यहाँका चेपाङहरु सल्लाको दियालो बालेर घरलाई उज्यालो पार्ने गर्थे ।...