स्थानीय तहका उम्मेदवार तत्काल नतोक्न कांग्रेसको निर्देशन

तु खबर संवाददाता
२०७८ चैत्र २२, मंगलवार १५:१४

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहका उम्मेदवार तत्काल नतोक्न निर्देशन दिएको छ । कांग्रेसले सबै जिल्ला समितिलाई पत्राचार गर्दै कांग्रेसले उम्मेदवार सिफारिसलगायतका काम गरे पनि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार भने तत्काल नरोक्न निर्देशन दिएको हो ।

कांग्रेसको विधान अनुसार वडाध्यक्ष र वडासदस्यको उम्मेदवार प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिले चयन गर्नेछ भने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेदवार जिल्ला समितिले चयन गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, नगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार प्रदेश समितिले र महानगरपालिकाको मेयर र उपमेयर केन्द्रीय कार्यसमितिले चयन गर्नेछ ।