‘जिसस मकवानपुरले अभिभावकको भुमिका निर्वाह गरेको छ’
मकवानपुर । मकवानपुरका स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुले वितेको ५ वर्षमा जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले अभिभावकाको भुमिका निर्वाह गरेको बताएका छन् । सोमबार जिसस मकवानपुरद्धारा आयोजित स्थानीय तह समन्वय बैठकमा सहभागी स्थानीय तहका प्रमुख÷उप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत सहभागीहरुले मकवानपुरको समृद्धि र विकासका लागि जिसस मकवानपुरले मार्गदर्शकको रुपमा भुमिका निर्वाह गरेको बताएका हुन् ।
जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकमा थाहा नगरपालिकाका मेयर लबशेर विष्टले जिससले पारदर्शी र सहयोगिको भुमिका निर्वाह गरेको बताए । जिससबाट सधैं स्थानीय तहलाई सकारात्मक उर्जा प्रदान भएको भन्दै वितेको ५ वर्षमा स्थानीय तहलाई सबल र सक्षम बनाउनमा जिससको भुमिका प्रशंसनिय रहेको बताए । यस्तै थाहा नगरपालिकाका उपमेयर खड्ग गोपालीले हरेक क्षेत्रमा जिससबाट पक्षपात रहित साथ र सहयोग प्राप्त भएको बताए । ‘हामी फरक दलबाट निर्वाचित भएपनि कहिल्यै हामीले त्यस्तो महशुस गरेनौं ।’ उनले भने ।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले जिससको भूमिका सहजकारी र सन्तोषजनक रहेको बताए । स्थानीय तहमा कति पय समस्याहरु आउँदा त्यसको समाधानका लागि जिससले महत्वपूर्ण भुमिका निर्वाह गरेको उनको भनाई थियो । यस्तै, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जिससले सधैं अभिभावको भुमिका निर्वाह गरेको बताए । समन्वय र सहजिकरणका साथै जिससलाई अधिकार थपेर जिल्लाकै अभिभावकको रुपमा विकास गर्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा ईन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा लामाले अनुगमन र समन्वयमा जिसस मकवानपुरले अब्बल काम गरेको भन्दै धन्यवाद दिइन् । कैलाश गाउँपालिकाकी कार्यबाहक अध्यक्ष सुकुमाया थिङले जिससबाट अनुगमन लगायत विकास निर्माणमा सहजिकरण हुनुका साथै स्थानीय तहलाई सचेत बनाएको बताइन् । हरेक क्षेत्रमा जिससबाट सहयोग प्राप्त भएको उनको भनाई थियो । भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्बती रानाले प्राप्त अधिकार अनुसार जिसस मकवानपुरले प्रभावकारी काम गरेको बताए । जिससबाट सधैं उपयुक्त दिशा निर्देश हुनुका साथै समन्वय प्राप्त भएको उनको भनाई थियो ।
कार्यक्रममा जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले सबैको साथ र सहयोगबाट मात्र जिससले काम गर्न सकेको भन्दै यसका लागि सबैलाई धन्यवाद व्यक्त गरे । उनले स्थानीय तहलगायत सबै सरोकारवालाको साथ र सहयोग साथै सकारात्मक भूमिकाका कारण स्रोत साधनको अभावमा पनि थुप्रै काम गरेको भन्दै केही अधुरा काम अगाडि बढाउन नसकेकोमा दुख व्यक्त गरे । यस्तै उपप्रमुख भगवती पुडासैनीले स्थानीय तहबाट सकारात्मक सकयोग प्राप्त भएको बताइन् ।
