सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
काठमाडौं । स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट सुरु भएको हो ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने नीतिगत निर्णय सत्ता गठबन्धनका पाँच दलले गरिसकेका छन् । आजको बैठकमा तालमेलको मोडालिटीबारे छलफल हुने प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।
