समाचार

दलहरुलाई आचारसंहिता कार्यान्वयन गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दलहरुलाई निर्देशन दिएको छ । मंगलबार राजनीतिक दलका प्रतिनिधिलाई आयोगमै बोलाएर स्थानीय निर्वाचन २०७९ का बेलामा राजनीतिक दलहरुले गर्न नहुने कामका बारेमा ६० बुँदे निर्देशन दिएको हो । आयोगको निर्देशन अनुसार, दलहरुले कुनै प्रकारको पोष्टर, भित्ते लेखन, तुल, व्यानर, डिजिटल...

टाइफाइडविरुद्धको खोप अभियान सफल बनाउन प्रमुख खुलालको आग्रह

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले नेपाल सरकारले बालबालिकाका लागि पहिलो पटक संचालन गर्न लागेको टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियान सफल बनाउन आग्रह गरेका छन् । जिल्ला खोप समन्वय समिति मकवानपुरको मंगलबार बसेको बैठकमा प्रमुख खुलालले सरकारले देशभरका १५ महिनादेखि १५ वर्ष उमेर समूहका ७५ लाख...

बागमती प्रदेश सरकारद्वारा ३ अध्यादेश स्वीकृतीको लागि सिफारिस

मकवानपुर । बागमती प्रदेश सरकारले ३ वटा अध्यादेश स्वीकृतीका लागि ल्याएको छ भने एउटा अध्यादेश प्रमाणिकरण गरेको छ । सरकारले स्थानीय तहका कर्माचारी व्यवस्थापन तथा कार्यलय संचालन सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश, प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाका सर्तहरु सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश, मदन भण्डारी स्वास्थ्य विज्ञान...

प्रदेश युवा परिषद् ऐनलाई संशोधन गर्न बनेको अध्यादेश प्रमाणिकरण

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश प्रमाणिकरण गरेका छन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०२ को उपधारा (२) बमोजिम प्रदेशसभा सचिवालयबाट संशोधनको लागि आएको प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशलाई मंगलबार प्रमाणिकरण...

ऋषि धमलालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न प्रेस काउन्सिलको निर्देशन

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । प्राइम टाइम्स टेलिभिजनका संचालक समेत रहेका धमलालाई सो टिभीबाट यही चैत्र २० गर्ने जनता जान्न चान्छन् कार्यक्रममा प्रसारित सामग्रीप्रति काउन्सिलले आपत्ति जनाउँदै स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । सो कार्यक्रममा ‘काठमाडौं...

असल ऋणीलाई सम्मान स्वरुप ब्याज छुट

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ बुद्धचोकस्थित ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले असल ५ ऋणीलाई ब्याज छुट दिएको छ । सहकारीले आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा मंगलबार कार्यालयमै एक कार्यक्रमकाबीच असल ऋणीलाई सम्मान स्वरुप वार्षिक ब्याजदरमा १ प्रतिशत छुट दिइएको सहकारीको अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिइन् । ब्याज...

थप २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ८७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ३ हजार २७८ जनाको पीसीआर परीक्षण गर्दामा २१...

मकवानपुरको भीमफेदीमा ब्युटीपार्लर तालिम सुरु

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ६ मा एक महिने ब्युटीपार्लर तालिम सुरु भएको छ । वडा कार्यालयको आयोजनामा सोमबारबाट सुरु भएका तालिममा १२ जना महिला सहभागी रहेका छन् । वडा कार्यालयले छुट्टाएको १ लाख रुपैयाँ बजेट अनुसार तालिमको आयोजना गरिएको भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती रानाले जानकारी दिइन्...

हेटौंडाको आधुनिक माविलाई उत्कृष्ट विद्यालयको प्रमाणपत्र

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयलाई उत्कृष्ठ विद्यालयको प्रमाणपत्र हस्तान्तरण गरिएको छ । ब्रिटिस काउन्सिलले प्रदान गरेको उत्कृष्ट सामुदायिक विद्यालयको प्रमाणपत्र मंगलबार बिहान एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले विद्यालयका प्रधानाध्यापक वीरवंश बैठालाई हस्तान्तरण गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्तबहादुर...

शुक्रबारदेखि देशभर टाइफाइडविरुद्धको खोप दिइने

काठमाडौं । सरकारले अगामी शुक्रबारदेखि देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप (कन्ज्युगेट भ्याक्सिन) दिने भएको छ । मंगलबार परिवार कल्याण महाशाखाले पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म खोप अभियान संचालन गर्ने जानकारी दिएको छ । खोप अभियान संचालन गर्न जनशक्ति परिचालन, तालिम तथा खोपकेन्द्र सबैको तयारी...