असल ऋणीलाई सम्मान स्वरुप ब्याज छुट

तु खबर संवाददाता
२०७८ चैत्र २२, मंगलवार १७:१८

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ बुद्धचोकस्थित ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले असल ५ ऋणीलाई ब्याज छुट दिएको छ । सहकारीले आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा मंगलबार कार्यालयमै एक कार्यक्रमकाबीच असल ऋणीलाई सम्मान स्वरुप वार्षिक ब्याजदरमा १ प्रतिशत छुट दिइएको सहकारीको अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिइन् ।

ब्याज छुट पाउने असल ऋणीमा टिकामाया स्याङ्तान, ब्रम्ह्कुमार श्रेष्ठ, विदुर सिग्देल, शोभाकुमारी घिमिरे र संगीता बिश्वकर्मा मण्डल रहेका छन् । २ हजार ४ सय सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी २ करोड ४० लाख रुपैयाँ, बचत संकलन ७ करोड रुपैयाँ, बाह्य ऋणको दायित्व ६ करोड रहेको व्यवस्थापक नानीराम अर्यालले जानकारी दिए । उनका अनुसार, सहकारीले १४ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ ।