समाचार

थप ५०५९ जनाको नमुना परीक्षण गर्दा ३३ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा थप ३३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५९ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ९ सय ४२ जनाको पीसीआर परीक्षण गर्दा ३२...

मकवानपुरकी गोले झुण्डिएको अवस्थामा मृत फेला

मकवानपुर । मकवानपुरको भीमफेदीमा एक जना झुण्डिएको अवस्थामा मृत फेला परेको छ । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ६ बस्ने २१ वर्षीय सपिता गोले मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, गोले आइतबार साँझ आफ्नै...

एक भारतीय नागरिक मकवानपुर प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजा ९० किलोसहित मनहरी गाउँपालिका वडा नम्वर ६ सडकखण्डबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा भारत मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर...

बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बलेफी हाइड्रोपावरले सर्वसाधारणलाई निष्कासन गरेको आईपीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार, हिजो साँझसम्मको आँकडा अनुसार, १२ दशमलव ७६ गुणा बढीले आवेदन दिईसकेको जनाएको छ । कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका...

सत्ता गठबन्धन दलको जिल्लागत स्थितिको प्रतिवेदन पेस गर्न निर्देशन

मकवानपुर । सत्तारुढ गठबन्धन दलको बागमती प्रदेश स्तरको संयन्त्रको बैठकले जिल्लागत स्थितिको प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा आइतबार बसेको बैठकले यही चैत्र २३ गतेभित्र जिल्लाको वस्तुगत स्थितिको विश्लेषणसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो । बैठकले सरकारमा सहभागी गठबन्धनमा...

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको स्युचाटार पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार साँझ बागमती प्रदेश ०२–०२१ प ६३३१ नम्वरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा नुवाकोटको कुमारी १ घर भई हाल थानकोट बस्ने अन्दाजी २२ वर्षीया लक्ष्मी दर्नाल रहेका...

बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार, भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ विकलाई बाघले आक्रमण गर्दा विकको...

भन्सार एजेन्टको परीक्षा बैशाखमा हुने

काठमाडौं । भन्सार एजेन्टको परीक्षा आगामी बैशाखमा हुने भएको छ । विज्ञापनको एक वर्षपछि परीक्षा संचालन हुने भएको हो । भन्सार विभागले सार्वजनिक सूचना जारी गरी आगामी बैशाख १७ गतेका लागि लिखित परीक्षा तय गरेको जानकारी दिए । परीक्षा रोक्न माग गर्दै परेको रिट निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालत...

यस्तो रहने छ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको जनाएको छ । प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार, सोमबार प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य...

सिन्धुपाल्चोकमा ग्यास पड्किएर ३ जना बालबालिकाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा ग्यास लिक भएर विष्फोट हुँदा ३ जना बालबालिकाको मृत्यु भएको छ । जिल्लाको बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास विष्फोट हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । मृत्यु हुनेमा इशाक तामाङ, सरगम तामाङ र दिव्या तामाङ रहेका छन् । किराना पसलसँगै रहेको...