सिन्धुपाल्चोकमा ग्यास पड्किएर ३ जना बालबालिकाको मृत्यु

तु खबर संवाददाता
२०७८ चैत्र २१,सोमबार ०८:०४
file-photo

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा ग्यास लिक भएर विष्फोट हुँदा ३ जना बालबालिकाको मृत्यु भएको छ । जिल्लाको बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास विष्फोट हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

मृत्यु हुनेमा इशाक तामाङ, सरगम तामाङ र दिव्या तामाङ रहेका छन् । किराना पसलसँगै रहेको खाजा पसलको ग्याँस लिक भएर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृत्यु भएका बालबालिका १० वर्ष, ६ वर्ष र साढे २ बर्षका छन् ।