भन्सार एजेन्टको परीक्षा बैशाखमा हुने

तु खबर संवाददाता
२०७८ चैत्र २१, सोमबार ०८:२६
file-photo

काठमाडौं । भन्सार एजेन्टको परीक्षा आगामी बैशाखमा हुने भएको छ । विज्ञापनको एक वर्षपछि परीक्षा संचालन हुने भएको हो । भन्सार विभागले सार्वजनिक सूचना जारी गरी आगामी बैशाख १७ गतेका लागि लिखित परीक्षा तय गरेको जानकारी दिए ।

परीक्षा रोक्न माग गर्दै परेको रिट निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश चैत्र १३ मा दिएपछि परीक्षा हुने भएको हो । ६६० पदका लागि साढे ९ हजारले आवेदन दिएको भन्सार विभागले जनाएको छ ।

आरक्षण व्यवस्था नगरिएको भन्दै क्रिष्टिना थैवले गत वर्षको चैत्रमा भन्सार विभागविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन् । थैवले भन्सार एजेन्ट सम्बन्धी सो विज्ञापनमा आरक्षण कोटा राख्नुपर्ने भन्दै माग दाबी गरेकी थिइन् ।