समाचार
हेटौंडाका दुई युवक प्रहरीको फन्दामा
पर्सा । हेटौंडाका दुई युवक पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ बस्ने २३ वर्षीय प्रबिन तामाङ र हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्क बस्ने २१ वर्षीय उमेश लामा पक्राउ परेका हुन् । उनीहरुलाई पर्साको वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट ६ ग्राम लागूऔषध खैरो हेरोइनसहित शनिबार पक्राउ...
माओवादी केन्द्रका वडा सचिव एमालेमा प्रवेश
मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ का सचिव नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधबार एमाले हेटौंडा–१४ द्वारा आयोजित एक कार्यक्रममा माओवादीका सचिव नेमा पाख्रीनसहितका नेताहरु एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा वडा कमिटीका सहसचिब कमल रुम्बा, सदस्यहरु बिक्रम मोक्तान, जीवन लामा, अभिशेक मगर वाईसिएल...
कांग्रेसद्वारा ज्येष्ठ नागरिक तथा एकल महिलाको सम्मान
मकवानपुर । नेपाली कांग्रेसले जेष्ठ नागरिक तथा एकल महिलाहरुको सम्मान गरेको छ । ‘घरघर जाऔँ, नेपाली कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ पल्पसा टोल समितिले आइतबार आयोजना गरेको कार्यक्रममा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई दोसल्ला ओढाएर सम्मान गरेकी हुन् । कार्यक्रममा...
सहकारी दिवसको अवसरमा प्रभातफेरी
मकवानपुर । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नाराका साथ बागमती प्रदेश स्तरीय राष्ट्रिय सहकारी दिवस २०७८ को अवसरमा हेटौंडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । ६५ औं सहकारी दिवसको अवसरमा बागमती प्रदेश मूल समारोह समितिद्वारा आयोजित तीन दिवसीय कार्यक्रमअन्तर्गत आज तेस्रो दिन हेटौंडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो...
पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता
मकवानपुर । पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता भएको छ । नेपाल आयल निगमसँग शनिबार ४ बुँदे सहमति भएपछि पेट्रोलियम पदार्थको आन्दोलन फिर्ता भएको हो । पेट्रोल व्यवसायीहरुको आन्दोलन फिर्ता भएसँगै पेट्रोलियम पदार्थ सहज रुपमा उपलब्ध हुने भएको छ । बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने...
हेटौंडा–१२ का ३१ जना एमालेमा प्रवेश
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिको १२ नम्वर १२ का ३१ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । हेटौंडा–१२ भोर्ले डाडा टोल भेला तथा कमिटी गठन कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी, राप्रपा, एकीकृत समाजवादीलगायत विभिन्न पार्टी परित्याग गरी ३१ जना एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले नेता तथा बागमती...
हेटौंडा– ८ का ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ का ज्येष्ठ नागरिकलाई निः शुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरिएको छ । वडा कार्यालयको आयोजनामा शनिबार वडा भित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । हेटौंडा– ८ शहरी स्वास्थ्य केन्द्रमा आयोजित शिबिरमा २०७ जनाले सवा लिएका थिए । जसमध्ये...
सहकारी आन्दोलन सामाजिक परिवर्तनको एउटा आयाम : प्रदेश प्रमुख शर्मा
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सहकारी आन्दोलन सामाजिक परिवर्तनको एउटा आयाम रहेको बताएका छन् । आज (आइतबार) मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नारासहित ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले पुँजीवादी हैकम र सामन्ती शोषणबाट मुक्तिका खातिर सहकारी आन्दोलन...
मकवानपुरे युवा गोविन्द बर्तौलाको ‘जीवन धराप भो’ सार्वजनिक
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका युवा गोविन्द बर्तौलाले ‘जीवन धराप भो’ बोलको लोकगीत सार्वजनिक गरेका छन् । अमृत नेपालीको शब्द, रामकुमार नेपालीको संगीत रहेको गीतमा बर्तौला र आशा केशीको स्वर रहेको छ । सानैदेखि लोकगीतमा रुची भएका बर्तौलाले ‘जीवन धराप भो, छाला राम्रो हुनेको चाला खराब भो’ बोलको गीत...
विभिन्न पार्टी त्याग्दै हेटौंडा १ का युवाले रोजे एकीकृत समाजवादी
मकवानपुर । विभिन्न पार्टी परित्याग गर्दै ५० जना युवाहरु शनिबार एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ मा आयोजित युवा भेलामा विभिन्न पार्टी परित्याग गर्दै ५० जना समाजवादीमा प्रवेश गरेका हुन् । उनीहरुलाई पार्टी मकवानपुर जिल्ला उपाध्यक्ष एवं हेटौंडा उपमहानगरपालिकाका उप मेयर तथा भेलाको प्रमुख...










